खेलकुदमा उत्तरी क्षेत्र : यादव जंग रायमाझी
यादव जंग रायमाझी |
नव गठित पाथिभरा युवा क्लबको आयोजनामा उत्तरी मकवानपुर स्तरिय फूटबल प्रतोयोगिता भर्खरै संपन्न भयो । उत्तरी मकवानपुरका १८ वटा क्लब सहभागिता रहेको उक्त प्रतियोगिता ऋषेश्वर १
१ लाई शिखर क्लब क्लबले उपाधी कब्जा ग¥यो ।
बिभिन्न समय र स्थानमा बिभिन्न ब्यक्ती र संस्था द्वारा उत्तरी मकवानपुरको खेलकुद बिकासका सकारात्मक पहल भएका छन । शारिरिक स्वास्थ्य स्फुर्ती र मानसिक तनाबबाट मुक्त रहन खेलकुद सबै भन्दा सजिलो र उत्तम बाटो हो । खेलकुदको माध्यमबाट बन्धुत्व, सदभाव स्थापित गर्न समुहमा घुलमिल हुन नेतृत्व क्षमता बिकास गर्न समेत सकिन्छ । यो बाहेक खेल कै माध्यमबाट नाम दाम र इज्जत समेत कमाउन सकिन्छ ।
समुह र ब्यक्तिगत रुपमा खेलिने सयौ खेलहरु छन । यो मध्य उत्तरी मकवानपुरमा सबै भन्दा लोकप्रिय खेल सदाबहार रुपमा भलिबल रहदै आएको छ भने पछिल्लो समय फुटबल समेत निक्कै खेलिने र आयोजना हुने खेलमा परेको छ । ब्यक्तिगत रुपमा खेलिने खेलमा भने मार्सल आर्ट उत्तरी मकवानपुरका युवाका रोजाईमा रहेको खेल हो ।
भलिबलः
उत्तरी मकवानपुरको नेतृत्व गर्दै २०३० को दशकबाट शिखर क्लबले जिल्ला स्तरिय भलिबल प्रतियोगितामा सम्मान जनक प्रदर्शन सहित सहभागिता जनाउदै आएको छ । उदय श्रेष्ठ, सानोभाइ कार्की, मिलनभक्त श्रेष्ठ, राजेश केसी, मधुसुदन रायमाझी, पुरुषोत्तम भक्त श्रेष्ठ जस्ता प्रतिभावान खेलाडीको समुहले त्यती बेलाका प्रतिष्ठित महाबिर कप, फ्लाईङ इगल कप जस्ता जिल्ला स्तरिय उपाधी शिखर क्लबको उत्तरी मकवानपुरको शानको रुपमा भित्र्याउन सफल भएका थिए ।
यिनै खेलाडी यिनै ब्यक्तिहरुले उत्तरी मकवानपुरमा अहिलेसम्म पनि खेलकुदको बिकास र गतिबिधिलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरी रहेका छन । गाउघरमा साथी भाई जम्मा भएर खेलिने भलिबल खेललाई पहिलो पटक शिखर क्लबको प्राबिधिक सहयोगमा सेती गणेश निमाबिले आयोजना गरी श्री गणेश गरेको हो ।
२०५२ सालमा आयोजना भएको उक्त प्रतियोगितामा स्थानिय क्लब बिधालय र ईप्रका पालुङले सहभागिता जनाएको थियो । ईप्रका पालुङ पहिलो भएको त्यो प्रतियिगिताले उत्तरी मकवानपुरमा भलिबल खेलमा रक्त संचार भरी खेल आयोजना गर्ने परम्पराको बिकास समेत गरी दियो । यसपछी नयाँ बर्षको अवसर पारी टौखेलले भलिबल खेलको आयोजना ग¥यो भने मार्खुलेमा भलिबल, चेस, ब्याडमिन्टन सहित बृहत खेलकुदको आयोजना ग¥यो । यो दुबै खेलको फाईनलमा शिखर क्लब पुगेको थियो । जसमा शिखर क्लब टौखेलको स्थानीय क्लब सँग पराजित हुँदै दोश्रो र ल्याम्ह पुचः युवाक्लब ओखर बजारलाई पराजित गर्दै मार्खुमा प्रथम भएको थियो ।
खेलकुदको गतिबिधी बिस्तारै बढी रहेको तत्कालिन अवस्थामा खेलकुदलाई अझै फराकिलो सुदृढ बनाउने उद्देश्यका साथ दामन पालुङ नगर विकासको अनुदान मार्फत संचालित हुने गरी राजेश केसीको नेतृत्वमा दामन–पालुङ खेलकुद बिकास समिती गठन भयो । स्थापना कालबाटै थाहा रनिङ शिल्ड भलिबलको नामबाट उत्तरी क्षेत्र स्तरिय खेलको आयोजना गरेको यस संस्थाले क्रमस जिल्ला स्तरिय हुँदै अघिल्लो बर्ष राष्ट्रिय थाहा भलिबल प्रतियोगिताको सफल आयोजना गरी सकेको छ । दामन पालुङ खेविसले २०६२ सालबाट ३ किमी महिला तथा ५ किमी पुरुष दौड प्रतियोगिता समेत आयोजना गर्न सुरुवात गरेको थियो ।
फुटबलः

मार्शल आर्टः
२०५० ताका राजिब स्याङ्दानले केहि युवा जम्मा गरी पहिलो पटक मार्शल आर्ट करातेको प्रशिक्षण सुरु गराएका थिए । २०५१ बाट अभय कुमार श्रेष्ठले विकास घरमा सुरु गरेको ताई क्वान डो डोजाङ भने पहिलो मार्शल आर्ट स्कुल थियो । अभय कुमार श्रेष्ठले यस डोजाङको शाखाको रुपमा टिष्टुङको नौखण्डेमा समेत प्रशिक्षण दिएका थिए । सोही साल राजिब स्याङ्दानले दामन ५ स्वास्थ्य चोकमा करातेको डोजाङ संचालन गरी बिधिवत प्रशिक्षण सुरु गरेका थिए । यही सेरोफेरोमा बज्रबाराहीका कराते प्रशिक्षक महेन्द्र बलामिले ओखर बजारमा अर्को कराते स्कुल स्थापना गरेका थिए । यस पछी मार्खुमा राजु बलामी, मथुराम केसी र राम मल्लले संयुक्तरुपले नगर बिकास समितीको हाता भित्र कराते प्रशिक्षण दिएका थिए । मानब लामाले बक्सिङ खेललाइ उत्तरी मकवानपुरमा भित्र्याई राष्ट्रीय प्रतियोगितामा आफ्ना प्रशिक्षार्थीलाई सहभागी गराई मेडल समेत जिताउन सफल भएका थिए । मानब लामाले दामन पालुङ खेबिसको सहयोगमा बक्सिङ खेलको आयोजना समेत गरी मार्शल आर्ट खेललाई स्थापित गर्न ठुलो मेहिनत गरे । हाल पालुङ भ्याली हार्ट एकेडेमी र बज्रबाराहिमा मार्शल आर्टमा कराते खेलको प्रशिक्षण भैरहेको छ । यी बाहेक स्कुल स्तरका खेलकुद गतिबिधी समेत बेलाबेलामा हुने गरेको छ ।