वनदेविमा सचेतना कार्यक्रम

सांग्रिलाको युवा नामक एक संस्थाले चुरियामाईमा रहेको वनदेवि निम्न माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा निमाविका ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना, लागू पदार्थको असर तथा बच्ने उपायहरु र सरसफाई सम्बन्धी जानकारी दिएको सांग्रिलाका युवा हेटौंडाकी सदस्य आँचल तिमल्सिनाले जानकारी दिइन् ।

करिब ७० विद्यार्थी सहभागि उक्त कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि भएको तिमल्सिनाले बताइन् । कार्यक्रम विद्यालयका प्राचार्य राजेन्द्र चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

All news in One Place