स्कूल बस पल्टिदा २२ जना घाइते : घाइते विद्यार्थीहरुको नामावली समेत
थाहा नगरपालिका ८ शिखरकोटमा रहेको हिमालयन इंगलिस सेकेण्डरी बोर्डिङ स्कूलको विद्यार्थी बोक्ने बस ४ जेठमा पल्टिँदा २२ जना विद्यार्थी घाइते भएका छन् । थाहा नगरपालिकाको वडा नंबर ७ बाट विद्यार्थी जम्मा गर्दै जाँदा घर्तिखोलातिर जाँदै गरेको बा २ ख २०२८ नं. को बस दामन डाँडाबास सडक खण्डको नागदह नजिकै विहान पौने १० बजेतिर पल्टिएको हो ।
दूर्घटनामा परी घाइते भएका २२ जना विद्यार्थीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । अस्पताल श्रोतलाई उदृत गर्दे उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । ‘एक जनाको हात भाचिएको खबर आएको छ, अरु विद्यार्थीको सामान्य चोटपटक लागेको छ,’ इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पनेरुले भने ।
बस थोत्रो भएकोले पल्टिएको अभिभावकहरुले आरोप लगाएका छन् । यस अघि १८ चैतमा हेटौंडाको मक्रान्चुलीमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका थिए । तस्वीरहरुः अच्यूत विडारी/ विकासखबर