मेरी आमा
असारे झरीमा रुझदै मेरी आमा
बिहानीको झीस्मिसे सँगै
अझ भनौ भालेको पहिलो डाँक संगै
असारको यो चटारोमा
मानो खाएर मुरी उब्जाउने हतारोमा
खेतमा पुगीसकिन मेरी आमा ।
हली र रोपार आउने सुरसार छैन
घाम माथी आई सक्यो
छिटो उठ, आज बैलैमा
गैरी खेतको काम सकाउनु छ
भन्दै कराउने मेरी आमा ।।
साँचै हो आज बेलैमा सकाउनु छ
गैरी खेतको काम
उ हली दाई आई सक्यो
ओहो साईली माईली पनि
लौ जाउँ सवै जना खेत तिरै ।।।
लौ है साईला सिरान बाट साउँदै ल्याउनु
हैन हो दाई तल बाट ल्याउनु पर्छ
भन्दै छन माईला
हिलो छयाप्न मजा आउँछ हो माथी बाट
साइला माईला कराउँदै छन
साईँली माईली मौन छिन
लाग्छ बर्त बसेकी छिन ।।
-राङडोल लामा
हाल कुबेत
