पर्यटकीय थाहानगरमा महोत्सव हुने

मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा आउँदो भदौ ३० बाट असोज ९ गतेसम्म दोस्रो ‘थाहा महोत्सव’ हुने भएको छ । महोत्सव थाहानगर उद्योग वाणिज्य संघले गर्ने भएको हो । संघले ४ असारमा हेटौंडामा पत्रकार सम्मेलन गरेर महोत्सवको विषयमा जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले दोश्रो थाहा महोत्सवले मकवानपुरको पर्यटन विकासमा थप टेवा दिने बताए । थाहा नगरपालिकामा हुने महोत्सवमा स्थानीय कला, सस्कृति, भेषभुषा, कृषिजन्य बस्तुको प्रर्दशनी, पर्यटन प्रबद्र्धन लगाएतको विषयहरु समावेश गरिने खत्रीकले बताए । 
‘जैविक विविधता तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण थाहानगरमा राज्यले पर्यटन विकासको लागि थोरै लगानी गरेमात्र पनि उक्त क्षेत्र दार्जलिङ र सिक्कीम भन्दा पनि राम्रो हुन्छ ।’ अध्यक्ष खत्रीले भने । महोत्वमा २ सय १० स्टल रहने संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । महोत्सवमा कृषि, अटो, होटल, कस्मेटिक स्टल, हस्तकला, आईटी, बहुराष्ट्रिय कम्पनीको स्टल, र विषेश स्टल रहने उनेले बताए । करिब २ लाख २० हजारले अबलोकन गर्ने लक्ष राखिएको महोत्सवमा ६ करोड रुपैँयाको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
महोत्सवमा हेलिकप्टरबाट मकवानपुरको अवलोकन, इन्द्रसरोबर तालको अवलोकन तथा पैदल मार्गको समेत ब्यवस्था गरिएको जनाईएको छ । सरकारले आउँदो आर्थिक वर्ष थाहा नगरपालिकालाई पर्यटन शहरको रुपमा विकास गर्ने कार्यक्रम नै बनाएको छ । 

All news in One Place