पालुङ जेसीजमा खत्रीको नेतृत्व
पालुङ जेसीज वर्ष २०१६ को अध्यक्षमा शिवकुमार खत्री निनर्विरोध अध्यक्षमा निर्वाचित भएकाछन् । विहीबार साँझ भएको साधारणसभाबाट खत्री निर्विरोध निर्वाचित हुनु भएका हुन् । वर्ष २०१६को अध्यक्षमा यस अघि भूमिराज अवस्थी, अञ्जल प्रधान र सुवास गोपालीको उमेद्वारी घोषणा भएको भए पनि खत्रीलाई सर्वसम्मत गर्नका लागि सहमति भएको हो ।
सन् २०१५ मा अध्यक्षका लागि उमेद्वारी दिदा जम्मा ६ मतले पराजित भएका खत्री यसवर्ष भने सर्वसम्मत निर्वाभिच भएका हुन । खत्री विगत ६ वर्षदेखि पालुङ जेसीजमा सक्रिय छन् । वर्ष २०१६ मा अध्यक्षमा निर्वाचित खत्री कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष, एभरेष्ट युवा क्लबको अध्यक्ष तथा गौरी शंकर होटलका संचालक, मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको कोषाध्यक्ष तथा विभिन्न सामाजिक संस्थामा क्रियाशील खत्री पर्यटन व्यवशायी हुन् ।
विहीबारै भएको पालुङ जेसीजको साधारणसभाले कार्यकारी उपाध्यक्षमा विक्रम केसी र संगीता बलामी तथा चार उपाध्यक्षमा सृजना गोपाली, किशोर प्रधान, कृति तामाङ र बिजय मल्ल निर्वाचित हुनु भएको निर्वाचन अधिकृत प्रदीप प्रधानले जानकारी दिए ।