The Nepalese system at the
time was referred to as “panchayat democracy,” based on customary village
headmen. It was obviously a very male dominated, paternalistic type of society
where there would be a natural leader, often a customary leader. In many cases,
something like the chief of a tribe would
be given the title panchayat
of a village or area. Sometimes the term village does not fit in a mountain setting because there would be many distinct areas of settlement, none of which would be large enough to actually need a village council. Most of the people living in that particular settlement would be related to each other so that if they had any problems, it would be sorted out within a family
context. But when there was a
need for some way to span the interests of several families, then you would
call that a panchayat or a village council. There would be someone who would
emerge or who would have been appointed as the person to sort out those issues.
The Nepali-speaking mountain village where I lived, the Palung Valley, had its
own panchayat. It was more formal than in many areas. It
met about once a month and had
an agenda and went over and over issues. It’s hard for me to say whether there
were issues that went unmet and the extent to which the panchayat tended to
favor one group’s interests over another. In fact, I thought at the time and I
think now, too, that it was fairly well representative of the village. It was
Nepali-speaking, however, and there were people in the village
whose native language was not
Nepali, but Nepali was the national language. It made sense for the meeting to
be conducted in a single language. In addition to a caste-based social
organization, Nepal has tribes. India does as well but they’re not a big part of India’s society. They are
relatively more important in Nepal. The tribes often lived away from the
villages and on occasion included hunters and gatherers, but also included
people that were very much on the fringe of society in terms of the reach of government. Sometimes people from those tribal
groups would come into the village to engage in barter trade or something like
that. As far as I recall, they had no relationship whatsoever with the formal
government structure. However, sometimes their young men competed for, and
filled, positions as Gurkha soldiers. Surnames associated with such tribes are
Tamang and Gurung, and you see these names frequently in books about the
exploits of the Gurkha Army.
GILBERT J. DONAHUE
Nepal - Peace Corps Volunteer 1968-1970
Palung, Nepal
हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित गायन प्रतिष्पर्धाबाट दीपराज केशी हेटौंडा आइडल बनेका छन् । हेटौंडा आइडलको उपाधिसंगै उनले ५० हजार नगद हात पारेका छन् । यस्तै, प्रतिष्पर्धामा दोस्रा भएका ध्रुव पण्डितले २५ हजार, तेस्रो भएका दीपेश श्रेष्ठले १० हजार र चौथो भएका हृदयश बस्नेत र पाँचौ भएका मिग्मा लामाले ५/५ हजार नगद प्राप्त गरेका छन् ।
आइडल प्रतिष्पर्धा दशर्कको भोटिङ् तथा निर्णायकको मूल्याङ्कनका आधारमा गरिएको हो । पहिलो चरणको अडिसनबाट छानिएका २० जना मध्येबाट मेला समापनका अवसरमा आज आइडल छानिएको हो । प्रतियोगिताको निर्णायकहरुमा शिखर सन्तोष, सुनीता शर्मा लुइटेल, इश्वर खड्का रहनुभएको थियो ।
२०७२ बैशाख १२ र त्यसपछिको भूकम्प तथा त्यसका पराकम्पका कारण पानीको मुहानहरु सुकेपछि उत्तरी मकवानपुरमा खानेपानी चरम अभाव भएको छ । मकवानपुरको फाखेल गाउँ विकास समितिका गाउँहरुमा खानेपानीको हाहाकार भएको छ ।
फाखेल गाविसको चखेल खोला पूरे सुकेको गाउँ बाल संरक्षण समितिका सदस्य जीवन लामाले बताए । चखेल खोला मुहानदेखि करिब ४ किलोमिटर तलसम्म सुकेको उनले जानकारी दिए । यस अघिचखेलखोलाबाट फाखेल गाविसको वडा नंबर ५, ६, ७, ८ र ९ वडाबासीले खानेपानी उपभोग गर्दै आएका थिए । फाखेल गाविस वडा नंबर १ का बासिन्दाले मिनट्रिकमै पानी ओसारेर खानेपानीको व्यवस्थ ागर्नका लागि बाध्य भएकाछन् । त्यस्तै वडा नंबर २ को राकसखोला, लप्सीखोला, महलक्ष्मीखोला लगायतको मुहान पनि सुक्न थालेको लामाले बताए ।
फाखेल गाविसको खोलाको ठूला मुहान बाहेक अरु सानातिना मुहान भने च्याप्पै सुकेको लामाले बताए । फाखेल गाविसबाट कुलेखानी तालमा पानी संकलनका लागि जाने पानीको स्रोत समेत सानो भएको छ ।
अहिले फाखेलको वडा नंबर ५, ६ र ७ का बासिन्दाले पानी संकलन गरेर बसबाटे गाउँमा ल्याउने गरेका छन् । उनीहरुले २० लिटर पानीको बसभाडा १० रुपियाँ तिरेर पानी ल्याउने गरेका छन् । त्यस्तै वडा नंबर १ का बासिन्दाले भने प्रतिलिटर एक रुपियाँ बसभाडा तिरेर पानी घरमा ल्याउने गरेका छन् ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ कार्यान्वयनमा एमालेको भूमिका महत्वपूर्ण हुने बताएका छन् । संविधान घोषणा एतिहासिक उपलब्धि, अबको लक्ष राष्ट्रिय एकता र त्यसको समृद्धि, ‘संविधान कार्यान्वयन तथा राष्ट्रिय एकता, सुदृद्धिकरण र समृद्धि अभियान’ अन्तर्गत देशैभरि संचालन भइरहेको एमाले अगुवा कार्यकर्ता प्रशिक्षणको अवसरमा शनिबार थाहा नगरमा आयोजित कार्यक्रममा भुषालले यस्तो बताएका हुन् ।
भुषालले संविधान कार्यान्वयनका लागि एमालेले अगुवाई गर्ने दाबी गर्दै पूर्ण कार्यान्वयनमा आउन ३० वर्ष लाग्ने बताए । उनले भने, ‘यो संसारकै उत्कृष्ट संविधान हो, यो संविधानलाई कार्यान्वयन गर्न सकिएन भने कहिल्यै पनि संविधान बन्न सक्दैन ।’ भुषालले संविधान कार्यान्वयनमा आएको ३ वर्षभित्र प्रत्येक युवाहरुले रोजगारी पाउने र नपाएमा सरकारले बेरोजगार भत्ता दिनु पर्ने, गाँस, बास र कपासको अनिवार्य व्यवस्था गरेको संविधानलाई गलत तत्वहरुले आफ्ना फाइदाका लागि कार्यान्वयन हुन नदिने षड्यन्त्र गरेको बताए । उनले भने, ‘हेर्नोस्, अब मधेसीलाई मात्र होइन, तपाई पहाडिया तथा क्षेत्री बाहुनलाई पनि हिन्दू राज्यका बारेमा भड्काएर फेरि अशान्ति फैलाउने चेष्टा गर्न सक्छन्, सबै यसमा होसियार हुनुस् ।’
नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ को आयोजनामा भएको अगुवा क्षेत्रीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले अब फेरि आफ्नो अधिकारका लागि हतियार उठाउनु पर्ने दिन गएको बताउँदै अब बिस्तारै मुलुकको विकासका लागि समय दिनु पर्ने अबस्था आएको बताए । क्षेत्रीय अध्यक्ष बिदुर हुमागार्इँको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मकवानपुर सचिवालय सदस्य विष्णुप्रसाद ढकाल, थाहा नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकाललगायतले संविधानका कार्यान्वयनका लागि एकले अर्कोलाई बुझाउन आवश्यक रहेको बताए । वक्ताहरुले २०४७ को संविधानका विषयमा जनतालाई सुसूचित नगर्दा माओबादी द्वन्द्वको सिर्जना भएको बताउँदै फेरि त्यस्तो हुन नदिन सबै नेपाली संविधानका विषयमा जानकार हुन आवश्यक रहेका बताए । कार्यक्रमको अवसरमा कार्यकर्ताहरुले लिखित टिप्पणी दिँदै अतिथिहरुलाई पार्टीमा गुटको राजनीतिले तल्लो तहसम्म प्रतिकुल असर पु¥याएको हुँदा गुटको राजनीति अन्त्य गर्न दबाब दिएका छन् । कार्यकर्ताहरुको जिज्ञासामा प्रमुख प्रशिक्षक भुषालले गुटको राजनीति माथिल्लो तहमा अन्त्य भएपछि मात्रै तल्लो तहमा पनि अन्त्य हुने जवाफ दिए ।
जेसीज सभाहलमा सम्पन्न प्रशिक्षण कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी दुई सय ५० युवाहरु एमालेमा प्रवेश गरेको क्षेत्रीय सचिव विमलकुमार ढकालले जानकारी दिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि भुषालले अबिर र मालाले स्वागत गरी सदस्यता बितरण गरे ।
मकवानपुर आग्राको डाँडाबासमा रहेको कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अन्तरक्रिया कार्यक्रम गरी १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बालकल्यण समाज मकवानपुर, आग्रा गाउँ विकास समिति र कुटेश्वरी महिला सहकारीको संयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा सहकारी तथा स्थानीय संघसंस्थामा आवद्ध भएका ६३ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई बालकल्यण समाज मकवानपुर सुपरभाइजर बिरबहादुर थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई नेपालको संविधान २०७२ मा व्वस्था भएका बाल तथा महिला अधिकारका सवालहरु, बाल विवाह विरुद्ध र बाल दुव्र्यवहार विरुद्धको कानूनी व्यवस्थाको विषयमा सुपरभाइजर थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कुटेश्वरी महिला तथा बचत सहकारी संस्था लिमिटेडकी अध्यक्ष काइँलीमाया गोले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्यण उच्च माविमा भव्यताको साथ विदेशी स्वयंसेवकहरुको स्वागत गरिएको छ । च्वाइस नेपालसंगको साँझेदारीमा जनकल्यण उच्च माविमा पाँच देशका स्वयंसेवकहरु आएका हुन् । कार्यक्रममा चीन, अमेरिका, जापान र कोरियाका स्वयंसेवकहरु आएका थिए । स्वयंसेवकहरुलाई जनकल्यण उच्च मावि भन्दा एक किलो मीटर अघिबाटै फुलगुच्छा र माला सहित अतिथीहरुलाई विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीहरु, शिक्षक, विभिन्न संघसंस्थाका पदाअधिकारीहरु लगायतले स्वागत गरेका थिए ।
कर्यक्रममा च्वाइस नेपालका केन्द्रीय निर्देशक विष्णु अधिकारीले जनकल्यण उच्च माविमा भूकम्पले पु¥याएको क्षतिबाट आफू मर्माहत भएको बताए । उनले जनकल्यणको शैक्षिक सहयोगका लागि आफ्नो प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरे । जनकल्यणको बन्दै गरेको भवन यथासक्य छिटो निर्माण सम्पन्नको कामना गर्दै त्यसपछिको शैक्षिक सहयोगका लागि पनि च्वाइस नेपाल तयार रहेको जानकारी दिए । कार्यक्रममा च्वाइस नेपालका पूर्वाधार विकास निर्देशक प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपाने, कार्यक्रम संयोजक, चन्द्र अधिकारी, फिल्ड संयोजक पूर्ण जिसी तथा रामेश्वर अधिकारी, गोविन्द दाहाल, निर्मल केसी, बिमल घिमिरे, हरि अधिकारी, शोभा अधिकारी तथा चित्रा दुरको पनि उपस्थिती रहेको थियो ।
स्वागत कार्यक्रमको अवसरमा जनकल्यण उच्च माविमा विद्यार्थी तथा अभिभावकहरुले परम्परागत नेवारी धिमे नाच तथा साँस्कृतिक कार्यक्रम देखाएका थिए । जनकल्यण उच्च माविमा २३ फागुन दिउँसो अतिथिहरुका लागि वृहत्त साँस्कृतिक कार्यक्रम गर्ने र २४ फागुनमा स्वयंसेवकहरुले विद्यालय परिसरमा वृक्षारोपन तथा ५० सेट फर्निचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्राचार्य कार्कीले जानकारी दिए । सबै कार्यक्रममा उपस्थितीको लागि संघसंस्था तथा शिक्षा प्रेमीहरुलाई विद्यालयले निमन्त्रणा गरेको छ ।
विद्यालयमा विदेशी स्वयंसेवक आउने भनेपछि विद्यालयले अघिल्लो दिनबाटै स्वागतका लागि तयारीमा जुटेको थियो । विद्यालयमा स्वागतद्वार निर्माण, कक्षाका क्याप्टेनहरुमा कार्य विभाजन तथा अभिभावकहरुलाई जानकारी गराउने काम अघिल्लोदिन नै सकेको थियो । २२ फागुन अपरान्ह दुईवटा बसमा आएका अतिथी गोपालीगाउँबाट झर्ने बित्तिकै विद्यार्थीहरु तमतयार भएर बसे । विद्यार्थी, अभिभावक, शिक्षक विभिन्न संघसंस्थाका प्रतिनीधिहरु ख्ैटेखोला पुलसम्मै लाम लागेका थिए । विद्यार्थीहरु पनि ताती लागेर स्वागतका लागि उभिए । अग्ला कद र फराकिला मन भएका विदेशीको स्वागत गर्न अध्यक्ष राजीव कुमार स्याङ्तान, प्राचार्य सानोभाइ कार्की, व्यवस्थापन समितिका सदस्य युगशेर विष्ट, दिनेश विष्ट लगायत शिक्षकहरु अग्रपंक्तीमा थिए ।
अतिथीहरुलाई ताँती लागेर बसेका विद्यार्थी, अभिभावक र संघसंस्थाका प्रतिनीधिहरुले स्वागत गरेर धिमे बाजाको तालमा विद्यालय भित्र्याए । स्वागतका क्रममा विद्यार्थी र अभिभावकले बजाएको धिमे र बाँसुरी बजाउँदा अतिथीहरु भ्ने कुम हल्लाइ हल्लाई विद्यालयतिर लम्की रहेका थिए । करिब १५ मिनेटको बाजागाजा सहितको स्वागतपछि विद्यालय भित्रिएका अतिथीहरुलाई औपचारिक कार्यक्रममा स्वागत पाउँदा अतिथीहरु भ्mन गद्गद भएको देखिन्थ्यो । विद्यालयका शिक्षक मोहनसिंह वाइवाले अंग्रेजी भाषमै कार्यक्रम संचालन गर्दा अतिथिहरुलाई झन बुझ्न सजिलो भएको थियो । उनीहरु स्वागत तथा माला लगाउने कार्यक्रममा गद्गद् भएका देखिन्थे । उनीहरु शिक्षक र विद्यार्थीसंग फोटो खिच्नमा पनि व्यस्थ देखिन्थे । औपचारिक कार्यक्रमकै क्रममा धिमे बाजामा विद्यार्थीहरुले नृत्य गरिरहँदा विदेशी पनि जुरुक जुरुक भएका थिए । शिक्षक राजाराम कार्कीले गरेको अनुरोध विदेशी अतिथीहरुले सहजै स्वीकारि हाले । उनीहरु पनि मञ्चमै विद्यार्थीहरुसंग धिमे बाजामा छमछमी नाचे । च्वाइस नेपालका केन्द्रीय निर्देशक विष्णु अधिकारी हौसिदै बालबालिकाको कलाको प्रशंसा पनि गरे । कार्यक्रमपछि स्वयंसेवकहरुले जनकल्यणको लागि सक्दो सहयोग गर्ने वाचा गरे ।
भिडियाे
थाहा नगरपालिका ७ मा अवस्थीत गाेरखनाथ मन्दिर प्राण प्रतिष्ठाकाे दिन थाहा खैंजडी भजन समूह द्वारा प्रस्तुत लाेक खैंजडी भजन
यम कुमार वाइवा/
थाहा नगरपालिका वडा नं. १ मा अवस्थित झम्केश्वर महादेव मन्दिर महाशिवरात्रीको दिन समुदघाटन हुने भएको छ । शिवलिंग मात्रै रहेको स्थानमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुटाई मन्दिरको निर्माण गरिएको हो । मन्दिरको समुदघाटन अर्चना बाबाले गर्नुहुने आयोजक समितिले जानकारी गराएको छ । झम्केश्वर मन्दिर निर्माण समितिले अघिल्लो वर्ष नै मन्दिर निर्माण कार्य सम्पन्न गरेता पनि त्यसको विधिवत उदघाटन भएको थिएन । शिवरात्री कै दिन समुदघाटन समारोहमा उपस्थित हुन तथा प्रसाद ग्रहण गर्नको लागि आयोजक समितिले सबैमा निमन्त्रण पनि गरेको छ ।
थाहा नगरपालिका वडा नं. १ मा अवस्थित झम्केश्वर महादेव मन्दिर महाशिवरात्रीको दिन समुदघाटन हुने भएको छ । शिवलिंग मात्रै रहेको स्थानमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुटाई मन्दिरको निर्माण गरिएको हो । मन्दिरको समुदघाटन अर्चना बाबाले गर्नुहुने आयोजक समितिले जानकारी गराएको छ । झम्केश्वर मन्दिर निर्माण समितिले अघिल्लो वर्ष नै मन्दिर निर्माण कार्य सम्पन्न गरेता पनि त्यसको विधिवत उदघाटन भएको थिएन । शिवरात्री कै दिन समुदघाटन समारोहमा उपस्थित हुन तथा प्रसाद ग्रहण गर्नको लागि आयोजक समितिले सबैमा निमन्त्रण पनि गरेको छ ।
स्कन्द पुराणको केदार खण्डको माघ महात्मामा वर्णन गरे अनुसार सतिदेवीको पिठ पतन भएको पवित्र ठाउँमा झम्केश्वर महादेवको उत्पत्ती भएको धार्मिक विश्वास रहिआएको छ ।
मकवानपुर जिल्ला थाहा नगरपालिकाको १५ वटै वडामा एनेकपा माओवादीको पार्टी सुदृढिकरण तथा संगठन विस्तार अभियान अन्तरग शुक्रबार थाहा नगरपालिकाको वडा नम्बर १३ पाल्चोकमा वडा सम्मेलन सम्पन्न भएको छ । एनेकपा माओवादी थाहा नगर कमिटि उपाध्यक्ष बिष्णु गोपाली, सचिव बिनोद लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्ष राजकुमार के.सी.को उपस्थितिमा सममेलन भएको हो ।
सम्मेलनले सुबिन भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय १३ नम्बर वडा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा उद्धव अधिकारी, सचिवमा सचिन कमाचार्य, कोषध्यक्षमा ललित सिंह ठकुरी रहेका छन् ।
यसैगरी सदस्यहरुमा रामपुकार परियार, बुद्धिलाल देउला, श्रीकृष्ण महर्जन, मनमाया देउला, गणेशबहादुर महर्जन, गोबिन्द महर्जन, श्रीराम महर्जन रहेका छन् ।
शनिबार थाहा नगरपालिकाको वडा नम्बर १४ को गणेश प्रा.बि.मा बिहान ८ बजे वडा सममेलन हुने नगर सचिव लामाले जानकारी दिनुभयो ।
राजकुमार के.सी./थाहा नगर
प्रेम दिवशको अवसरमा २ फागुन आईतबार थाहा नगरको विकास घरमा मकवानपुर आईडलको सेमिफाइनल राउण्ड हुने भएको छ । विहान ११ बजे शुरु हुने कार्यक्रमको तयारी पूरा भएको थाहा कला केन्द्र, थाहा नगरले जनाएको छ ।
कार्यक्रमको अवसरमा कला केन्द्रले संस्कृतिक कार्यक्रम समेत गर्ने जानकारी दिएको छ । २ फागुनमा हुने कार्यक्रममा चर्चित गायक लालकाजी क्षेष्ठ, उत्तम थापामगर र चर्चित गायिका मेनुका राई र स्थानिय गायक विवेक पाख्रिनको बेजोड प्रस्तुती रहने मकवानपुर आइडलका संयोजक सानोबाबु मोत्ताmनले जानकारी दिए । सेमिफाइनल राउण्डको उत्कृष्ट १५ बाट उत्कृष्ट १० छानिने छन् । आइडलमा मकवानपुरका ३ सय ४७ जनाले प्रतिष्पर्धा गरेका थिए ।
मकवानपुरको थाहा नगरमा रहेका सामुदायिक तथा निजी विद्यालयहरुले विभिन् कार्यक्रमको आयोजना गरी सरस्वती पुजा गरेका छन् । कार्यक्रममा विद्यार्थी तथा शिक्षक र विद्यार्थीहरुलेसाँस्कृतिककार्यक्रम समेत आयोजना गरेका थिए । फोटो फिचर
![]() |
| हिमालयन बोर्डिड स्कूल, शिखरकोट |
![]() |
| हिमालयन बोर्डिड स्कूल, शिखरकोट |
![]() | ||
| इन्द्रायणी मावि, आग्रा |
![]() |
| झम्केश्वरी मावि थाहा नगर ओखरबजार |
![]() |
| झम्केश्वरी मावि थाहा नगर ओखरबजार |
![]() |
| पालुङ मोडर्न इङ्लिस स्कूल, थाहा नगर ओखरबजार |
![]() |
| पालुङ मोडर्न इङ्लिस स्कूल, थाहा नगर ओखरबजार |
![]() |
| पालुङ मोडर्न इङ्लिस स्कूल, थाहा नगर ओखरबजार |
एकीकृत नेकपा माओवादी थाहा नगर कमिटिले आज २१ अाैं जनयुद्ध दिवसको अवसरमा भव्यताका साथ कार्यक्रम गरेकाे छ । यसै अवसरमा थाहा नगर कमिटी कार्यालयको पनि उदघाटन गरेको छ । थाहा नगर कमिटिकाे शिखरकाेटमा कार्यालयको उद्घाटन पार्टिका क्षेत्रिय इन्चार्ज बलराम बलले गर्नु भएको हो ।
थाहा नगरपालिकाको विकास घरमा उक्त कार्यक्रममा पार्टिका क्षेत्रिय इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विष्णु विष्ट आदर्श, तारा सिन्तान, अरुण रायमाझी को सहभागीता थियो ।

थाहा नगरपालिका वडा नंबर १ मा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अन्जल प्रधान पुनः निर्वाचित भएका छन् । सहकारीको आठौं साधारणसभाले प्रधानलाइ अध्यक्षमा निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा विष्णुहरि लामिछाने, सचिव धर्मलाल प्रधान र कोषाध्यक्ष अशोक श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रविण प्रधान, गजेन्द्रभक्त श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सुन्दर प्रधान र महेन्द्र प्रधान सर्वसम्मत निर्वाचित भएका हुन् ।
![]() |
| अध्यक्ष: अन्जल प्रधान |
ईन्द्रायणी मावि श्रोतकेन्द्र अन्तर्गत आग्रा गोगने र डाँडाखर्क गाविसका प्राथमिक तहमा अध्यापन गर्ने शिक्षकहरु बीच आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सुन्दरी देवी माध्यमिक विद्यालय आग्रा डाँडाबासद्वारा आयोजित यस प्रतियोगितामा बीस विद्यालयले सहभागिता जनाएका थिए । पाँच समूहमा विभाजन गरी सञ्चालन गरिएको यस प्रतियोगितामा प्रदीप पराजुली , सुकुलाल मोक्तान र चौंठी रायको “ई” समूह प्रथम र नसिम राईन,अम्बिकाकुमारी अर्याल, कल्पना नेपाल र पाचु ठाकुरको “सी” समूह दोस्रो भएका थिए ।
कार्यक्रममा विजयी समूहलाई कार्यक्रमका सभाध्यक्ष ईन्द्रायणी मावि श्रोत संयोजक नारायण बहादुर कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । जिल्ला शिक्षा कार्यालय मकवानपुरको ५७ बुंदे निर्देशन अनुसार पहिलो चरण अन्तर्गत यो कार्यक्रम भएको हो । सभाध्यक्षको आसनबाट मन्तव्य राख्नु हुँदै संयोजक कार्कीले यस्ता कार्यक्रमले शिक्षकलाई स“धै सकृय र गतिशील बनाइ राख्ने भएकोले सिकाई प्रक्रियमा समेत सुधार आउने विश्वास व्यक्त गर्नु भयो । शिक्षक शुभराज गोलेले सञ्चालन गरेको यस कार्यक्रममा सरस्वती माविका आग्राका प्रधानध्यापक राजेन्द्र थापा, सुन्दरी देवी निमावि गोगनेका प्रधानाध्यापक हरिकृष्ण कार्की लगाएतका उपस्थिती रहेका थिए ।
शुभराज गोले/आग्रा
२०७२ वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्प पश्चात प्रभावित क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा कतिपयले खाद्यन्न, शिक्षा, स्वास्थ्यमा सहयोग पु¥याइ रहेकाछन् । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका, गोगने र डाँडाखर्क गाविसमा स्वच्छता र सरसफाई क्षेत्रमा वातावरण र जनसंख्या संस्था, इन्फो (ENPHO) ले काम गरिरहेको छ । एक नगर र दुई गाउँ विकास समितिको साथसाथै नामटार गाविसको गोलमोड, मैत्री बगैचा, सिमथली, टोड्केडाँडाका भूकम्प पिडतहरुको स्वच्छता र सरसफाईको क्षेत्रमा काम भइरहेको इन्फोका मकवानपुर जिल्ला कार्यक्रम संयोजक भिष्मराज खत्रीले जानकारी दिए । संस्थाले भूकम्प प्रभावित यस क्षेत्रमा जेठ १० गतेबाट परियोजना संचालन गरेको हो । स्वच्छता र सरसफाई परियोजना अन्तर्गत संस्थाले यस क्षेत्रमा छ हजार दुईसय सरसफाई किट वितरण गरेको कार्यक्रम संयोजक खत्रीले बताए ।
गाविस स्तरमा दुईजना सामाजिक परिचालक नै राखेर काम गरिरहेको इन्फोले भूकम्पबाट क्षति भएका घरबासीको शौचालयका लागि पनि सहयोग गरेको छ । यस अन्तर्गत शौचालय निर्माण सहयोग सामाग्री वितरण गरेको छ । त्यस्तै तयारी शौचालय जडानका लागि पनि वितरण गरेको छ । संस्थाले ७ सय ४१ भुकम्प पिडित परिवारका लागि शौचालय निर्माण सहयोग सामाग्री वितरण गरेको छ । थाहा नगर अन्तर्गत साविक दामन गाविसमा २ सय ७४, पालुङमा १ सय ८९, बज्रवाराहीमा ५६, नामटारको गोलमोड, मैत्री बगैचा, टोड्केडाँडा क्षेत्रमा २४ वटा र बाँकी १ सय ९८ वटा गोगने र डाँडाखर्क गाविसमा वितरण गरिएको कार्यक्रम संयोजक खत्रीले बताए । शौचालय मर्मत सहयोगका साथै शौचालयसंग सम्बन्धीत सरसफाई सम्बन्धी किट ३ हजार ३ सय ५० सेट वितरण गरेको संस्थाले जनाएको छ । यस्तो सेटमा साबुन, हरपिक लगायतका सामाग्री रहेको थियो ।
इन्फोले सरसफाई सामाग्रीका साथै नामटारको गोलमोडमा अस्थायी टहरा बनाएर बसेका भूकम्प पिडितहरुको लागि दुई वटा ब्लाडर ट्याङ्की बनाइ दिएको छ । ब्लाडर ट्याङ्की धेरै पानी भर्न सकिने र पानी सकिएपछि पट्याएर अन्यत्र सजिलै लैजान सकिने पानी ट्याङ्की हो । सोही क्षेत्रका भूकम्प पिडितका लागि एउटा प्लाष्टिक पाी ट्याङ्की पनि वितरण गरिएको इन्फोका फिल्ड संयोजक किरण महर्जनले जानकारी दिए । त्यस्तै त्यही क्षेत्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै नुहाउन सातवटा अस्थायी बाथरुम पनि निर्माण गरिएको फिल्ड संयोजक महर्जनले बताए । इन्फो संस्थाले ४० वटा खानेपानी लाईन तथा व्यवस्थापनमा काम गरेको छ । यस अन्तर्गत दामनमा ६, पालुङमा ८, बज्रवाराहीमा ६ तथा बाँकी गोगने र डाँडाखर्क तथा नामटारमा खानेपानी सम्बन्धी काम भएको छ । इन्फोले भूकम्प पिडितहरुको माग अनुसार खानेपानीको पाइप फुटेको, ट्याङ्की चुहिने लगायतका क्षेत्रमा काम भइरहेको इन्फोले जनाएको छ । त्यस्तै उत्तरी मकवानपुरका स्वास्थ्य संस्थाहरुमा १० वटा पक्की शौचालय निर्माण गर्ने संस्थाको योजना रहेको छ ।
| भूकम्प पिडितलाई इन्फोले वितरण गरेको अस्थायी शौचालय |
स्वच्छता र सरसफाई संग सम्बन्धीत भौतिक पूर्वाधार विकासमा सहयोगका साथसाथै संस्थाले जनचेतना मुलक कार्यक्रममा पनि सहयोग गरिरहेको कार्यक्रम संयोजक भिष्मराज खत्रीले बताए ।
संस्थाले जनचेतनामुलक कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेर सरसफाई सम्बन्धी व्यवहार परिवर्तका कार्यक्रमहरु, विद्यालय तथा महिला समूह र सहकारीहरुमा आवद्धता भएका व्यक्तीहरुको समूहमै पुगेर पनि जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको फिल्ड संयोजक महर्जनले बताए । समुदायका समस्याहरु संस्थाका सामाजिक परिचालकहरुबाट आउने भएकोले मागका आधारमा कार्यक्रम गर्नका लागि सजिलो भएको कार्यक्रम संयोजक खत्रीको भनाइ छ । समुदायकै सहभागिता र उनीहरुकै लागि संचालन भएको परियोजना अन्तर्गतका सेवा सक्दो सदुपयोग गर्न संस्थाले अनुरोध गरेको छ । संस्थाले वितरण गरेको सामाग्रीको सदुपयोग गर्न पनि संस्थाले अनुरोध गरेको छ । भूकम्प पिडितहरुले पिडाका बेलामा स्वास्थ्यको ख्याल नगर्ने गरेको पाइएकोले व्यक्तिगत तथा सामुदायिक सरसफाई प्रति सचेत हुनका लागि अनुरोध गरेको छ ।
| खानेपानी निर्मलीकरण गर्दै बालिका । |
शितोष्ण वागवानी केन्द्र दामनको आयोजनामा चारदिने हिउँदे फलफूल खेती प्रविधि सम्बन्धी तालिम सोमबार २० माघमा थाहा नगरको दामनमा सम्पन्न भएको छ । अगुवा कृषकहरुको लागि आयोजना गरिएको तालिममा थाहा नगरपालिका, टिष्टुङ र मार्खु गाविसका कृषकहरुको सहभागिता रहेको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
शितोष्ण वागवानी केन्द्र दामनका नायब प्राविधिक सहायक राजकुमार श्रेष्ठको संयोजकत्वमा भएको तालिमका सहभागीहरुलाई शितोष्ण वागवानी केन्द्र दामनका प्रमुख आइतसिंह गुरुङ, प्राविधिक कालिकान्त झा, राजकुमार श्रेष्ठ र कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले सहजीकरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर अन्तर्गतका क्षेत्र तथा छिमेकी गाविसहरुमा राती १० बजेपछि पसलहरु खोल्न नपाउने भएको छ । सामुदायिक सेवा केन्द्रले मादक पदार्थ नियन्त्रण, बेचविखन ओसारपोसार तथा जुवातास नियन्त्रण गर्नका लागि यस्तो अभियान संचालन गरिएको सेवा केन्द्रले जनाएको छ ।
‘आफ्नो गाउँ आफै बनाऔँ, हातमा हात मिलाई प्रहरीसँग समन्वयन गरौँ’ भन्ने नाराका साथ यस्तो अभियान संचालन गरिएको सामुदायिक सेवा केन्द्य्रले जनाएको छ । साथै केन्द्रले लागूऔषध नियन्त्रण अभियान पनि संचालन गरेको छ । इलाका प्रहरी कार्यालय पालुङ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका लगायत आग्रा, गोगने, नामटार, टिस्टुङ, चित्लाङ, मार्खु, फाखेल गाविसमा पनि यस्तो अभियान संचालन गरिने भएको छ ।

नेपाली काँग्रेस थाहानगरमा योगेन्द्रभक्त श्रेष्ठ विजयी भएकाछन् । योगेन्द्रभक्तको नेतृत्वले निकटतम प्रतिद्वन्द्धी प्रमोद जोशीलाई जम्मा चार मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मतगणना अनुसार श्रेष्ठले १०१ र जोशीले ९७ मत पाएका थिए ।
नेपाली काँग्रेसको थाहा नगरमा नेतृत्वको लागि चारजना प्रतिस्पर्धामा रहेकोमा भरत गोपालीले उमेद्वारी फिर्ता लिएपछि थाहानगर तदर्थ समितिका सभापति योगन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष गणेश बहादुर लामा र क्रियाशील सदस्य प्रमोद जोशीबीच प्रतिस्पर्धा भएको थियो ।
सभापतिका दाबेदारबीच सहमति नभएपछि चुनाव हुने अवस्था आएको थियो ।
नेपाली काँग्रेस थाहा नगरको नगर अधिवेशन अहिले जेसीज सभाहल खेल्पुडाँडामा भएको थियो ।





















