कृषकहरुलाई उन्नत धानको बीउ वितरण

नेपाल सरकार कृषि विकास मन्त्रालयबाट ४० प्रतिशत अनुदान प्राप्त धानको उन्नत बीउ वितरण गरिएको छ । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडका अधिकृत बिक्रेत र विभिन्न कृषि सहकारी संस्थाहरु मार्फत जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सिफारिसमा बिक्री वितरण  शुरु गरिएको हो । मकवानपुर जिल्लाका कृषकहरुको लागि मकवानपुर १ जातको ६२, सावित्री जातको ४१ र सुख्खा–१ जातको २ मेक्ट्रिटन गरी जम्मा १०५ मेक्ट्रिटन बीउ बिक्री वितरण कार्य शुरु भएको छ ।

९ जेठमा मकवानपुरको आमभन्ज्याङमा कृषि विभागका उपमहानिर्देशक डाक्टर हरिबाबु तिवारीको प्रमुख आतिथ्यता एवं जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालको विशेष आतिथ्यतामा ३ हजार ३२५किलो मकवानपुर १ जातको धानको उन्नत बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्राविधिक सहायक चन्द्रकान्त चौधरीले जानकारी दिए । कार्यक्रम आई.पि.एम.कृषि सहकारी संस्था लिमिटेड आमभञ्ज्याङ–७ का कृषकहरुलाई सहकारीका अध्यक्ष टिका दाहालको अध्यक्षतामा भएको थियो । 
वितरण गरिएका ३ वटै जातहरु मकवानपुर जिल्लाको तल्लो क्षेत्रको लागि सिफारिस गरिएको जात हो । साथै सुख्खा १ जात ५०० मीटर उचाई सम्मको असिंचित क्षेत्रमा लगाउन सकिने चौधरीले बताए । 

All news in One Place