अभिभावकलाई सक्रिय हुन आग्रह


थाहानगर/जिल्ला  शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले विद्यालयप्रति चासो देखाउन र व्यवस्थापकीय भूमिकामा सक्रिय हुन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

टियर फण्डको सहयोगमा बाल कल्याण समाज मकवानपुरले पालुङमा आयोजना गरेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र गाउँ शिक्षा समितिका सदस्यहरुलाई यस्तो आग्रह गरेका हुन् । 
‘विद्यालयलाई बात्र मैत्री बनाउनको लागि अब हामीले पुराना सोच र अभ्यासहरुलाई बदल्नु पर्छ’ उनले भने । बाल मैत्री बिद्यालयका लागि सबैको उत्तिकै दायित्व भएको उनले बताए । 

आग्रा र टिस्टुङका २४ विद्यालयका विव्यस, शिअसका सदस्यहरुको अभिमुखीकरणमा सहभागित रहेको छ । 
कार्यक्रममा बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले अभिमुखीकरणको औचित्य र बाल कल्याण समाजले समुदायसँग मिलेर आग्रा र टिस्टुङमा संचालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । 

सहभागीहरुलाई जनकल्याण उच्च माविका प्राचार्य सानोभाइ कार्कीले सहजीकरण गरिरहेका छन् । 

All news in One Place