ज्योति मगरकोः अंकललाई फ्लाईङ किस, सोल्टालाई जाली रुमाल
‘ओइ ज्योति ओइ ज्योती देउ न एक चोटी, हाम्लै मायाँ देउ न एक चोटी’.... लोक भाकामा गित गाउने वित्तिकै हुटिङ शुरु भएको थाहा महोत्सव ३० भदौको साँझसम्म उत्तीकै ज्यतिमय बन्यो । महोत्सव उद्घाटनकै भोलीपल्ट चर्चित गायिका ज्योति मगर आउने भएपछि मध्यान्हदेखि नै उनका समर्थकहरु थाहा महोत्सव स्थल इन्द्रायणी चौर पुगेका थिए । ज्योतिले मञ्चमा दर्शक माझ उपस्थित हुने वित्तिकै यहि गित गाइन, माहोल तताइन, ‘ओइ ज्योति ओइ ज्योती देउ न एक चोटी, हाम्लै मायाँ देउ न एक चोटी’... । थपिन–‘ज्योतिलाई एक चोटीले पुग्दैन ।’
स्थानीयको पर्खाइ ज्योतिको नचाई दर्शकहरु झुण्ड झुण्ड भएर नाचे । अलि उता बस न सरेर, तिम्ले आँखा नहेर तरेर.. केरा काटेर, क्वाप्प मुखमा हाल्छु म केरा काटेर, घुँडा देखियो जामा फाटेर........ गित गाउँदै गर्दा लगाएकी कपडा माथि सार्न खोज्दा ताली बज्थ्यो, सिठी फुक्थे दर्शकहरु ।
तिज सकिए पनि ज्योति मगरले कम्मर मर्काइ मर्काइ नाच्दै गाइन्–‘भन्दिन म यो तिजमा सुन्को बाला चाहिन्छ, आफूले त यो तिजमा दर खाँदा नि रक्सिी खाइन्छ..’ दर्शकहरुलाई साँझको टुच्च सम्झाइदिइन र भनिन–‘म्युजिकल प्रोगाममा आउँदा नि त्यसै आउने हो सोल्टा हो, अलि अलि.....’ दशर्कहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेकी ज्योतिलाई दर्शकहरुले थकाइ मार्नै नदिई बुरुक बुरुक उफारे आफू पनि उफ्रे, नाचे । ज्योति मगरको नचाई र उनीप्रति आकर्षित हुनेहरुलाई गायिक मगरले राम्रै मसला बनाइन् र भनिन् ‘अंकलहरुलाई भरे अण्टीले गाली गर्लान्, धेरै ननाच्नु, न हाँस्नू ।’ र, दिइन फ्ल्लाइङ किस, त्यो पनि पटक पटक । आफू नाच्दै नचाउँदै गायिन्–‘जाली रुमाल सोल्टालाई बैना भो....’ दुई पटकसम्म यहि गितमा दर्शकहरुलाई ज्योतिले छमछमी नचाई र आफू पनि ज्यान फालेर नाचिन् ।
वान्स मोर ! वान्स मोर ! भन्दै दर्शकहरुले ज्योतिलाई सम्झाए उनका गित–‘जहिले पनि भन्छौ तिमी आइसक्रिम चुस......, दुम्सी काँडे जुङ्गा..., ढाडे बिरालो... लगायतका चर्चित गितहरु । तर दर्शकको आशा पूरा भएन, धित मर्दै मरेन । ज्योतिले भनिन् ‘टेक्निकल प्रबलम, म्युजिक ट्र्याक छुट्यो । ब्याग नछुट्ने ट्र्याक छुटाउने ज्योतिले अब अर्को महोत्सवमा त सप्पै ल्याउलिन् नि, दर्शकहरुले कुरिरहेका छन् ।