आग्रामा माओवादी केन्द्रको एकता भयो

नेकपा माओवादी केन्द्रको एकता भेला आगा्रको देउखेलमा एकता भेला ३० भदौमा भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रिय आयोजक कमिटि सदस्य एवम् क्षेत्र नंम्बर ४ का विशेष समिति सदस्य बालकृष्ण मल्लको प्रमुख आतिथ्यतामा भेला भएको हो । 
भेलाबाट सनम लामाको संयोजकत्वमा ५१ सदस्यीय गाउँ अधिवेशन आयोजक कमिटि गठन गरिएको छ । वरिष्ठ सह संयोजकमा दिपक लामा, सहसंयोजकमा सुमन कार्की तथा राम बहादुर स्याङतान लगायत छन् । भेला नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामचन्द्र कार्की सभाध्यक्षतामा भएको थियो ।

All news in One Place