थाहा आइडलमा २६ जना छानिए

मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा भईरहेको दोस्रो थाहा महोत्सवको अवसरमा आयोजित थाहा आईडलबाट चारजना बाहिरिएकाछन् । 
आइडलको स्पर्धाको पहिलो दिन ३० भदौमा नृत्य तर्फबाट १३ जना छानिएका छन् । नृत्यमा एलिना राना मगर, बुद्धिमान लो, सुरज मोक्तान, सस्कृति लामा, चन्दा मोक्तान, शान्ति घले, एलिजा विष्ट, स्वायता तामाङ, रोशनी तामाङ, उर्मिला स्याङ्तान, विन्दु थिङ, सुप्रिया अधिकारी, र पुजा विष्ट छानिएका हुन् । नृत्यको चलचित्र नृत्य निर्देशक गोविन्द राई, नव क्षितिज कला केन्द्रका निर्देशक तथा थाहा आईडल नत्य तर्फका संयोजक जिजय श्याम अमात्य निर्णायक रहेका थिए । 

त्यसै गरि गायन तर्फ पनि १३ जना नै छनौंट हुनेछन् । ३० भदौमा भएको गायन तर्फको नतिजा भने ३१ भदौमा आउने संयोजक मोक्तानले बताए । गायन प्रतियोगिताको थाहा आईडल एकल गायन तर्फको संयोजक थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान र थाहा आईडल एकल नृत्य तर्फको संयोजक तथा नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम अमात्य, संगीतकार तथा गायक जीवन परियार निर्णायक थिए ।
जनक लामा/थाहानगर

All news in One Place