हेटौंडा आइडलमा १५ जना छनोट

मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको चौथो दिन आज आईतबार हेटौंडा आइडलको छनोटमा १५ जना छनोट भएका छन् । १७ प्रतिष्पर्धीमध्ये आईतबारको छनोटमा १५ जना छनोट भएको हेटौंडा आइडलका संयोजक दीपक शर्मा ढकालले बताउनुभयो ।

आईतबार छनोट भएकाहरुमा मनमाया वाइबा, वीरजित लामा, दिपेश श्रेष्ठ, सरु श्रेष्ठ, विजय लामा, लक्ष्मी स्याङतान रहेको संयोजक ढकालले जानकारी दिनुभयो । त्यसैगरी राजकुमार विक, दिपराज केसी, ध्रुव पण्डित, रोशन सुनार, सृजना सापकोटा, हृदयश बस्नेत, नरलाल पाख्रिन, मिग्मा लामा, र असिम सुवेदी छनोट भएका हुन् ।
आईतबार प्रतियोगिताबाट बाहिरिनेमा राजेश ढुंगाना र रिचा बानियाँ रहेको संयोजक ढकालले बताउनुभयो । यसअघि हिजो शनिबार सागर तिमल्सिना र सुरज भट्टराई प्रतियोगिताबाट बाहिरिएका थिए । 

All news in One Place