सेलिनाको तीजमा आइलभ यु भन्नु छ

गायिका सेलिना कुँवर यसपालीको तीजमा ब्युटीफुल बन्ने भएकी छन् । उनले तीजलाई लक्षित गरेर ल्याएको म्युजिक भिडियोमा यस्तो उद्घोष गरेकी हुन् । यसपालीको तीजमा ब्युटीफुल बन्नु छ, जे परे नी पर्छ संगीनी, मन पर्ने एउटालाई आई लभ यु भन्नु छ भन्दै उनले रोमान्टिक गीत बजारमा ल्याएकी हुन् ।

उदियमान गायिका सेलिना र रामचन्द्र काफ्लेको स्वर रहेको उक्त गीतका शब्द भने प्रबल विष्टका हुन् । म्युटिक भिडियोको निर्देशन दिनेशले गरेका हुन् । भिडियोमा संजीव, आशा, संकल्प र सुस्मिताले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस्

All news in One Place