फाखेलका किसानलाई बिउबिजन

मकवानपुर फाखेलका ५५ किसानको परिवारलाई तरकारीको विऊ वितरण गरिएको छ । भूकम्प प्रभावित किसानहरुलाई बिउबिजन तथा कृषि सामग्री प्रदान गरिएको हो । शुक्रबार फाखेलमा भएको कार्यक्रममा गाविसको वडा नम्मर १ र ४ का एकल महिला र अपांगहरुलाई प्राथमिकताको     आधारमा बिउबिजन तथा कृषि सामग्री प्रदान गरिएको हो ।
५५ जना स्थानीय किसानहरुलाई स्थानीय विपत ब्यबस्थापन समितिका संयोजक एवम् गाविस सचिव राजकुमार सुवेदीको प्रमुख अतिथिमा विउविजन तथा अन्य आवश्यक सामाग्रीहरु वितरण       गरिएको हो । गैर सरकारी संस्था सिसिडिएनको एक परियोजना अन्तर्गत संचालित कार्यक्रममा कृषि सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यले  तरकारी खेतीबारे अति आवश्यक आधारभूत सीप र ज्ञान सम्बन्धि अभिमुखिकरण पनि गर्नु भएको थियो ।
कार्यक्रममा सिसिडिएनकै जगत बजागाँईले संस्थागत तथा ब्यबहारिक रूपमा सचेतना गराउनु भएको थियोे । सिसिडिएन फाखेल प्रतिनिधी जीवन लामाद्वारा संचालित कार्यक्रम गाउँ कृषि समितिका सदस्य हरिकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

All news in One Place