किवीफल खेतीप्रति कृषकहरुको बढ्दो आकर्षण : पार्वती खतिवडा
परिचयः
यस फलको बैज्ञानिक अन्तराष्ट्रिय नाम Actinidia Deliciosa भनि सन् १९७४ मा नामाकरण गरियो । किवी फलमा सन्सारभर पाइने फलहरुमा भएको तत्वको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललाई फलहरुको ‘राजा फल’ भनेर चिनिन्छ भने यूरोप र अमेरिकामा सर्बोत्कृष्ट फल भनेर चिनिन्छ । बेलायतको कृषी मन्त्रालयले संसार भर पाइने बिभिन्न फल फूलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढी मात्रामा भिटामिन, प्रोटिन, लवण, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजनिक गरेको छ । यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाई झुसे फलको रुपले चिनिन्छ । नेपालमा यो फल खेती गर्न जाइका, इसिमोड जस्ता संस्थाले भरखरै मात्र पहल गरेको पाइन्छ । २०५९ सालबाट नुवाकोट, काभ्रे एंव दोलखाका केही चेतनशील ब्यक्तिहरुले यस फलको खेतीको शुरुवात गरेका छन् । पूर्वाञ्चलमा व्यवसायिक रुपमा भने सर्बप्रथम बि.स. २०६४ सालमा श्री इन्भाइरोमेन्ट प्रोटेक्सन एण्ड अल्टरनेटिभ पावर डेभलोपमेन्ट प्रा.लि. ले सुलुबुङ्ग गा.बि.स.मा व्यवसायिक रुपले खेतीको शुरुवात गरेको छ ।
२०६९ साल माघ मसान्त सम्ममा इलाम जिल्लाका सुलुबुङ्ग ुम्बेक, साखेजुङ्ग, साड्गरुम्वा, सोयाङ्ग, प्याङ्ग, पन्चकँया, फिक्कल, जिर्रमले, जितपुर, लुम्दे गा.वि.स लगायत ३८ गा.वि.स.मा ६१०० भन्दा वढी कृषकहरुले २३००० बिरुवा रोपिसकेका छन । २०६९ सालमा करीव ३०००० के.जी. अर्थात १ करोड ३०लाख रुपैयाको किवी फल उत्पादन भइ बिक्री बितरण भइसकेको छ भने आगामी वर्ष ५० हजार के.जी. उत्पादन भइ करिव १ करोड ५० लाख मुःल्यका े किवी फल उत्पादन भइ बिक्री बितरण हुने सम्भावना रहेको छ । हाल पुर्वी नेपालका इलाम,पाँचथर, ताप्लेजुङ्ग धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, मकवानपुरलगायतका करिव १६,००० कृषक यस फल खेतीमा आबद्द भै सकेका छन् । यस क्षेत्रका हजारौ कृषकहरुको हाल यस किवी फल खेती प्रति रुचि बढेको पाइन्छ । बिं ंसं २०६६ साल देखि नेपाल सरकारको तर्फ बाट दोलखा जिल्लाको बोच गाविस स्थित बागवानी फाममा किवीको खेती शुरु गरी अनुशन्धान केन्द्रको रुपमा काम गर्दै आएको छ भने इसीमोडले गोदावरी ललीतपुरमा नमूना खेती गरेको छ ।
नार्कका पुर्व कर्मचारी डा . श्री सुर्य प्रसाद पाण्डे पनि काभ्रे जिल्लामा यस फलको व्यवसायीक खेती गर्दै अनुसन्धानमा लागी पर्नु भएको छ इलाम जिल्लामा व्यवसाहिक रुपमा किवी खेतीमा लागी पर्नु भइ मनग्ये आम्दानी लीइरहनु भएका कृषकहरुमा माइमजुवा –२ का पूरन गुरुङ्ग, लुम्दे –९ का चन्द्र मुखिया, माइपोखरी –१ का जगत राइ, सुलुबुङ्ग –५ का तारामणी खतिवडा, यादव खतिवडा, सोयाङ्ग –१ का राजेश पोखरेल समेतको अनुभवमा यो फल खेती गर्नु भरपर्दो सजीलो र लाभदायक भएको बताउँदछन् भने अर्को तर्फ भर्रखरै मात्र नेपाल सरकार कृषी मन्त्रालय र उद्योग बाणीज्य सँघ द्वारा सँयुक्त रुपमा सन्चालीत एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्रगत इलाम जील्ला किवी खेतीको लागी छनोट भै सकेको हुदाँ यहाँका कृषकहरु अझ उत्साहीत पनि भइरहेका छन ।
अन्तराष्ट्रिय बजारमा अत्याधिक मात्रामा ताजा फलका अलावा जाम, जेली र जुसको लागि प्रयोग हुने यो फलको हाल विश्व भरी नै खेती गर्न शुरु गरिएको छ ।अझ किवी फलको ब्यबसायिक खेती गर्ने राष्ट्रहरुमा इटाली, न्यूजिल्याण्ड,जर्रमनी, अमेरिका, चीन, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा, भारत, अस्ट्रेलिया प्रमुख छन् । बाह्र किसिमका फलफूलको स्वाद र १७ किसिमका भटिामीन एंव अन्य खनिज तत्वहरु पाइने यस किवी फलको बिश्व व्यापी वजार व्यवस्थापन गर्ने श्भ्क्एच्क्ष् नामक कम्पनीले २४८ किसिमका बिभिन्न वस्तुहरु जस्तै बिस्कुट, चक्लेट, केक, जुस, जाम, जेली, वाइन, भिटामिन र कस्मेटिक सामानहरु किवी फलको प्रयोग बाटै उत्पादन गरी हाल बिश्वका १५० भन्दा वढी देशहरुमा बिक्री बितरण गरीरहेको छ ।
महत्व एंव फाइदाः
फलहरुको ‘राजा फल’ र ‘सर्बोच्च फल’ को उपाधि पाउन सक्षम किवीफल ज्यादै नै महत्वपूर्ण छ । क्यालीफोर्नीया बिश्वबिद्यालय,ओस्लो बिश्व बिद्यालय,र पुर्दे बिश्वबिद्यालय समेतले प्रकाशित गरेको अनुशन्धान प्रतिवेदन अनुसार यस फलमा प्रशस्त मात्रामा भीटामीन सि, भीटामीन बी १२, भीटामीन बी ६, आइरन एंव एमिनो एसिड, प्रोटिन, जिंक, ओमेगा ३ र एण्टि अक्सिडेन्ट तत्व समेत प्रचुर मात्रामा पाइन्छ । जुन हाम्रो शरिरको बृद्दी बिकासको लागि ज्यादै महत्वपूर्ण हुन्छ । यस फलको नियमित सेवन बाट मुटु रोग,दम, क्यान्सर अल्सर, आँखा र छाला सम्बन्धि रोगको उपचारमा समेत मद्यत पुर्याउदछ । अन्तराष्ट्रिय बजारमा ज्यादै ख्याति कमाउन सफल भएको मलेशियामा कारखाना रहेको म्ह्ल् नामक कम्पनिले यस फलको रासायनिक र मेडिकल परीक्षण गरी परिणाम जानकारीमा ल्याए पश्चात यसको महत्व अझ धेरै बढेको पाइन्छ । किनकी १०० ग्राम किवी फल बराबर ४ दाना कागती, १७ दाना स्याउ , २ दाना सुन्तला, ८ कोसा केरा, वरावरको हुने भिटामिन सि लगायत सम्पूर्ण भिटामीन एंव अन्य तत्वहरु यस फलमा एकमूष्ट रुपमा पाइन्छ ।
हाम्रो देश नेपाल जस्तो पहाडै पहाडले भरिएको भू–भागमा यस फलको खेती ब्यवसाहिक रुपमा गरी फल स्वदेश एंव बिदेशमा सजिलै बितरण गरी चिया अलैंची भन्दा दशौ गुणा बढी आय आर्जन गर्न सकिन्छ भने आफै खानामा प्रयोग गरी तन्दुरुस्त शारीरिक अबस्थामा रहन सकिन्छ । जुस,जाम,र जेलीको कारखाना स्थापना गरी रोजगारीको अवसर सृजना गर्न सकिन्छ भने अरु खेती यथाबत राखी सोही जमीनमा खेती गरी माच हाली अन्तरीक्षमा नै खेती गरीने हुंदा फाल्टु जमिनको खास आवश्यकता पनि पर्दैन । यो बिरुवा लगाएपछि १५ वर्ष सम्म फल दिइरहने हुंदा ३ वर्ष पछिवाट एउटै बोटवाट सरदर २०÷२५ हजार सम्म आम्दानी हुने हुंदा पहाडी प्रदेशका कृषकहरुका लागि किवी फलको खेती गर्नु भनेको परमेश्वरबाट महत्वपूर्ण आशिर्बाद वा बरदान पाए सरह हो । १ रोपनी जग्गामा १५ बोट सम्म बिरुवा रोप्न सकिन्छ । यस प्रकारले अन्य बालीका साथसाथै किवी को खेती गरी एक रोपनी जग्गाबाट तीन वर्ष पछि देखि पन्ध्रवर्ष सम्म बार्षिक रुपैंया दुइ लाख पचास हजार देखि तीन लाख पचास हजार सम्म आम्दानी हुने हुंदा धेरै नै फाइदा जनक छ । विदेशीहरु र उच्च वर्गका नेपालीहरुले खोजी–खोजी खाने यो फल काठमाण्डौ, पोखरा, चितवन, बनेपा, धरान, विरगंज लगायतका शहरहरुमा रहेका विभिन्न तारे होटलहरु र डिपार्टमेन्टल स्टोर्सहरुमा प्रति के.जी. रु. ४०० देखि ८०० भन्दा बढीमा बिक्री वितरण भई रहेको पाईन्छ । छिमेकी मित्र राष्ट्र भारत र चीनमा सन २०१२ मा न्यूजील्याण्डबाट क्रमश २ अरव र ४ अरव अमेरीकी डलर बरावरको किवी फल आयात भएको रिपोटहरुले देखाएको हुदा भवीस्यमा हाम्रो लागि बजार ठूलो सम्भावना यिनै छिमेकी मित्र राष्ट्रहरु रहने प्रचुर सम्भावना देखिन्छ । किवी खेतीको माध्यमबाट राष्ट्रिय अर्थ तन्त्रमा ठूलो योगदान पुग्ने प्रवल सम्भावना देखिन्छ ।
किवीका प्रजातीहरुः
संसारमा धेरै किसिमका किवी फलका प्रजातीहरु खेती गरिएको पाइन्छ । ति मध्ये प्रचलित जातहरु निम्न प्रकारका छन् ।
क) हेवार्ड (Haward)
ख) मोन्टी (Monty)
ग) ब्रुनो (Bruno)
घ) अलिसन (allison)
ङ) ग्रासिई (Gracie)
च) क्वीन बिउटी (Qin Beauty)
छ) रेडसन (Red Sun
उल्लेखित जातहरुको अलावा जापानमा भरखरै मात्र खेती गर्न शुरु गरिएको ऋजष्अय, ऋष्य, प्ष्य जातका पहेंलो फल हुने प्रजातीहरु धेरै नै महत्वपूर्ण जातहरु हुन । त्यसै गरी भाले जातहरुमा मातुवा, टोमुरी प्रचलित छन् ।
खेती गर्ने तरीकाः
किवी फलको खेती समशितोष्ण र शितोष्ण प्रदेशमा गर्न सकिने हुंदा समुद्री सतह देखि ८०० मीटर देखि २९०० मीटर सम्मको पहाडी भू–भागमा यसको खेती गर्न सकिन्छ । औषतमा राम्रो उत्पादन भने १३०० मीटर देखि २२०० मीटर सम्मको भू–भागमा हुने गरेको पाइएको छ । सालाखाला बर्षा कम्तिमा १५०० मी.मी. सम्म हुनुपर्दछ । पहाडको सबै खाले माटोमा यस फलको खेती गर्न सकिन्छ भने मलिलो दोमट माटोमा ज्यादै राम्रो खेती हुन्छ । माटोको पि.एच.५ देखि ६.५ सम्म हुनु पर्दछ । बिरुवा रोप्दा ६×४ वा ५×५ वा ५×५.५ मीटरको दुरीमा सिधा लाइनमा रेखांकन गरी खाडल खनी अर्गा्निक मल ंजैविक मल प्रयोग गरी माटो र मल राम्ररी मिलाई खाडल पुरी १ देखि १.५ फीट उच्चा गरी पानी नजम्ने गरी बिरुवा रोप्नु पर्दछ । बिरुवा रोपिसकेपछि फेदमा मल्चिङ्ग गर्न आवश्यक हुन्छ, भने वर्षातलाई ख्याल गरी बिरुवा रोपेपछि वर्षात शुरु नभए सम्म ३÷४ दिनको अन्तरमा बिरुवालाई पानी दिइराख्नु पर्दछ । बिरुवा सरी सकेपछि भने दोस्रो वर्ष देखि २०÷२२ दिनको अन्तरमा हिंउदमा पानी दिनु पर्दछ । अर्गानिक मल २५÷३० के.जी प्रति बर्ष आश्विन कात्तिक र फाल्गुन÷चैत्रमा दिने गर्नु पर्दछ ।
जेठ असारमा वर्षै पनिङ्ग र मंसिर पुषमा हिउंदे कटिङ्गर पनिङ्ग गर्नु आवश्यक हुन्छ । किवी फल लहरा प्रजातीको हुदां माचको आवश्यकता पर्दछ । त्यसका लागि ५÷६ फिट अग्लो र ६ फिट चौडा माच बनाउनु पर्दछ । तारको पातलो जाली र सिमेन्टको खम्वा प्रयोग गर्नाले धेरै वर्ष सम्म टिकाउ हुने हुन्छ । प्रत्येक ८ पोथी बोट वरावर १ बोट भाले रोप्नु पर्दछ । यो पराग सेचनका लागि आवश्यक हुन्छ । खेती गरिएको ठांउमा मौरी पालन र पशु पालन गर्न वढी लाभदायक हुन्छ ।
(लेखकः वातावरण संरक्षण तथा वैकल्पिक उर्जा विकास प्रा.लि. की अध्यक्ष हुन् )