फेसबुकबाटै जुट्यो सहयोग: किनियो एम्बुलेन्स
घटना–१
फेसबुकमा फेक आइडी बनाई युवतीबाट रकम ठगी गर्ने एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय फिदिमले पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचथरकी (शिला नाम परिर्वातन) एक महिलाबाट विभिन्न बहाना बनाएर झापा खुदुनाबारी ७ का निश्चल शर्मा भनिने भविन्द्र सुवेदीलाई झापाको बिर्तामोडबाट पक्राउ गरी प्रहरीले फिदिममा सार्वजनिक गरेको हो । विभिन्न बहाना बनाउँदै ४ पटक गरी सुवेदीले ती महिलाबाट तीन लाख एक हजार सात सय रुपैयाँ रकम आइएमईबाट लिएका थिए । अहिले उनको साथबाट प्रहरीले ८८ हजार रुपैयाँ र १८ हजार रुपैयाँ बरावरको साम्सुङ ग्यालेक्सी मोवाइल बरामद गरेको छ ।
–साझामञ्च डटकममा प्रकाशित समाचार ।
घटना–२
काठमाण्डौ महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका व्यापारी रोशन गुप्तालाई एक गिरोहले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी चार लाख असुल्न सफल भए । गिरोहले एक युवतीको नाममा फेक फेसबुक एकाउन्ट बनाइ रकम असुल्न सफल भएका थिए । चार लाख असुल्न सफल भईसकेका गिरोहले गुप्तासँग थप दुई लाख असुल्न खोज्दा उनीहरु प्रहरीको फन्दामा परेका छन । सुवास्ना गौतम नामको फेसबुक एकाउन्ट बनाएर फिरौती असुल्ने बिक्रम ज्ञवाली र केविन केसीलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । –अपराध डटकममा प्रकाशित समाचार।
सामाजिक संजालकै दुरुपयोगबाट भएका उल्लेखित घटना प्रतिनीधी मात्र हुन् । संजालको प्रयोग गरेर एकले अर्कोलाई गाली बेइज्यती, भनाभन्का घटनाहर पनि धेरै आउने गरेकाछन् । सामाजिक सञ्जाल फेसबुकलाई दुरुपयोग गर्नेहरू समाजमा प्रशस्तै छन् । तर, त्यही सञ्जाललाई सदुपयोग गरेर मकवानपुरको दुर्गमका युवाले गाउँमा एम्बुलेन्स भिœयाएका छन् । मकवानपुरको उत्तरी क्षेत्रको दुर्गम गाउँका युवाले सामाजिक सञ्जाल फेसबुकमा ‘आग्रा गोगने डाँडाखर्क फेसबुक अभियान’ संचालन गरेर एम्बुलेन्स खरिद सहयोग अभियान सञ्चालन गरेका थिए । अभियान सञ्चालन गरेको एक वर्षपछि मंगलबार गाउँमा एम्बुलेन्स भिœयाउन सफल भएका हुन् । ‘एम्बुलेन्स खरिद गर्न फेसबुकमार्फत सहयोग आह्वान गरको एक वर्षभित्रमा एम्बुलेन्स गाउँमा ल्याउन सफल भएका छौं’ अभियान संयोजक शुभराज गोलेले भने, ‘सामाजिक सञ्जालबाट रकम संकलन गरेर एम्बुलेन्स गाउँमा ल्याइयो ।’ आग्रा गाविसका शुभराजको अगुवाइमा ०७१ माघ २ गते सामाजिक सञ्जालमार्फत सहयोगको निम्ति आह्वान गरेका थिए । स्वदेश एवम् विदेशमा बस्ने नेपालीले एक वर्ष बीचमा एम्बुलेन्स खरिद गर्न ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । एम्बुलेन्स खरिद गर्न अपुग रकम स्थानीय सहकारी संस्था हिमशिखरले सहयोग गरेको थियो । ९ लाख ५७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरेका छन् । २ लाख ७ हजार रुपैयाँ सहकारीले सहयोग गरेको छ, संयोजक गोलेले भने । मंगलबार आग्रा पुगेको एम्बुलेन्स दुई दिनमा तीन गर्भवती महिलालाई सुरक्षितसाथ सुत्केरी हुन थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र काठमाडांै पु¥याइसकेको छ । आग्रा, गोगने र डाूडाखर्कमा एम्बुलेन्स नभएका कारण समयमै उपचार नपाएर सुत्केरी महिलामात्र होइन भीरबाट लडेका, सवारी दुर्घटनामा परेका र आपसी झैझगडामा घाइते भएकाहरूको मृत्यु हुने गरेको थियो।
भारतीय नाकाबन्दी र तराई–मधेस आन्दोलनका कारण एम्बुलेन्स आउन ढिलाइ भएको हो । नाकाबन्दी र आन्दोलन नभएको करिब तीन महिनाअघि नै गाउँमा एम्बुलेन्स आइसक्थ्यो, गोलेले भने । एम्बुलेन्स गाउँमा आउँदा आग्रा, गोगने र डाँडाखर्कका बासिन्दाहरू पनि हर्षित भएका छन्। ‘समयमा नै उपचार नपाएर अकालमा गाउँका मानिसहरूको ज्यान जाँदैन होला’ डाँडाखर्कका बेलमान थिङले भने, ‘एम्बुलेन्स गाउँमा भित्रिएकोमा खुसी लागेको छ।’ व्यक्तिगत रुपमा सबैभन्दा बढि एम्बुलेन्स खरिदका लागि आग्रा गाविस वडा नंबर ३ घर भई काठमाण्डो बाफल बस्ने राजकुमार मोक्तानले २५ हजार ५ सय २५ रुपियाँ तथा लाओसमा रोजगारीको क्रममा रहेकी नेपाली नागरिक बिना लामाले १५ हजार सहयोग गरेकी थिइन् । त्यसैगरी मकवापुर कोरिया मञ्च (दक्षिण कोरिया)ले ४० हजार तथा फरकसोच अभियानले २० हजार रुपियाँ सहयोग गरेको थियो ।
एम्बुलेन्स खरिदका लागि धेरैजसो वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सहयोग गरेको संयोजक गोलले जानकारी दिए । चन्दा अभियानमा नेपालको दोलखा, सिन्धुपाल्चोक र मकवानपुरका विभिन्न क्षेत्रबाट समेत चन्दा बैक जम्मा गरि दिएका थिए । एम्बुलेन्सले मकवानपुरको आग्रा, गोगने, डाँडाखर्क, भार्ता तथा धादिङको किरान्चोक र आसपासका गाविसहरुका बासिन्दालाई सेवा प्रदान गर्ने संयोजक गोलले जानकारी दिए । एम्बुलेन्सको व्यवस्थापन आग्राकै गतिशील आग्रा समाज र हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गर्ने भएको छ ।
अहिले एम्बुलेन्स दीगो रुपले संचालनका लागि १० लाख रुपियाँको अक्षयकोष संचालन स्थापना गर्ने अभियान शुरु भएको छ । सामाजिक संजाल, विभिन्न संघसंस्था तथा व्यक्तीगत रुपमै पनि यसका लागि अनुरोध गरिरहेको समितिले जनाएको छ । एम्बुलेन्स खरिदका लागि शुभराजको संयोजकत्वमा गोगनेका रत्न बहादुर गोले, डम्बर लामा, सुजिन्द्र गोले र रामचन्द्र थिङको एउटा समिति गठन भएको थियो ।
जसले व्यक्तीगत रुपमै धेरै सहयोग गरे
|
गाउँमा फेसबुक अभियान संचालन गरेर एम्बुलेन्स भित्र्याउन सफल भएकोमा मलाई ज्यादै खुशी लागेको छ । स्वास्थ्यको कुरा गर्ने बित्तिकै मलाई मेरो बाल्यकालको याद आउँछ । धेरैवर्ष अघि म सानो छँदा विरामी भएको थिए । बेस्सरी विरामी भएपछि म बेहोस नै भएँछु । गाउँघरमा उपचारको लागि खासै ठाउँ नै थिएन । पालुङमा पनि भरपर्दो स्वास्थ्य सेवा थिएन । मलाई परिवारले आग्रा गाविस वडा नबर ३ चल्तीदेखि बोकेर पालुङको ओखरगाउँसम्म पु¥याउनु भएछ । त्यहाँबाट काठमाण्डौ जाने कुनै पनि सवारी नपाएपछि खाली ट्रक नै रिजर्भ गरेर मलाई काठमाण्डौ उपचारको लागि लैजानू भएको मेरो होस खुलेपछि थाहा भयो । स्वास्थ्य सम्बन्धी ज्ञान फैलाउनको लागि एम्बुलेन्स पनि काशेढुङ्गा सावित हुने मैले सोचेको छु । गाउँमा एम्बुलेन्स देखेपछि विरामी भएपछि अस्पताल लैजानूपर्छ भन्ने सन्देश जान्छ । त्यसैले गर्दा मैले स्वास्थ्य जस्तो संवेदनशील विषयमा दिल खोलेर सहयोग गरेको हुँ । मसंग धेरै पैसा भएर सहयोग गरेको होइन । मैले गाउँको स्वास्थ्य सुधारको लागि एउटा टेको दिन मात्र खोजेको हुँ । म चाहन्छु, गाउँमा एम्बुलेन्सको प्रयोगले धेरैको ज्यान बचाओस् । पहिले पहिले जस्तो सुत्केरी हुन नसकेर, अस्पताल पु¥याउनै ढिलो भएर कोही पनि मृत्यूको मुखमा पुग्न नपरोस् । म आग्राको स्वास्थ्य र शिक्षामा म जहिल्यै सहयोग गर्छु ।
एम्बुलेन्सले ज्यान जोखिम घटायो
सुरेन्द्र गोले
आग्रा–५ तल्लो सल्ले
|
तीनचार दिनदेखि श्रीमति पेट दुख्यो भनेपछि मलाई शंका लाग्यो । मैले सम्झे, श्रीमतिको सुत्केरी हुने समय नजिकिएको छ । अन्ततः उनलाई सुत्केरी व्यथा लागेको रहेछ । उनलाई तारन्तार व्यथाले च्याप्दै गयो । रातभर हामलिे आँखा झिमिक्के गरेनौं । आमा घर्तिखोला दम्कीमा आफन्तको मृत्यू संसकारमा जानु भएको थियो । मेले आमालाई फोन गरे । समस्या सुनाएँ । उहाँले डाँडाबासमा नयाँ एम्बुलेन्स आउको आफुलाई माघ ५ गते बेलुकी डाँडाबासमा नयाँ एम्बुलेन्स ल्याएको थाहा भएको सुनाउनु भयो । उहाँले शुभराज सरलाई फोन गर्न भन्नु भो । त्यसपछि मैले शुभराज सरलाई फोन गरे । श्रीमतिलाई एम्बुलेन्समा राखेर अस्पताल पु¥याएँ । अहिले छोरी जन्मेकी छिन् । यदि मैले पालुङ र टिष्टुङ तिरबाट एम्बुलेन्स बोलाउनु परेको भए श्रीमतिलाई जति ढिलो ग¥यो उत्ति खतरा रैछ । त्यो कुरा अस्पताल आएर थाहा भयो । त्यसैले आग्रामा भित्र्याइएको एम्बुलेन्सको सेवाले हामी जस्तो गाउँलेलाई श्वास हाल्ने काम गर्दोरहेछ । एम्बुलेन्सको सेवाको लागि धेरैै–धेरै धन्यवाद ।