थाहानगरका ज्येष्ठ नागरिकलाई सम्मान

मकवानपुर थाहा नगरपालिकाको संयुक्त वडा सेवा केन्द्र पालुङ अन्तर्गतका १४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । थाहा नगरपालिकाको आयोजनामा भएको हो । सम्मान कार्यक्रम कार्यक्रमको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले नगरकै ज्येष्ठ नागरिक १०८ वर्षिय सन्त कुमारी बलामीलाई सम्मान गरेर गरेका थिए । 

कार्यकारी अधिकृत परियारको सभाध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथीहरुलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संयोजक सुदर्शन पहेलीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सीताराम ढकाल, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका विष्णु थापा, राप्रपा नेपालका सुरेन्द्र तामाङ, पोण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, बज्रवाराही उच्च माविकी अध्यक्ष सुमित्रा विडारी, लाली गुराँस महिला बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रीता प्रधान लगायतकाको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामा, प्रशासन शाखा प्रमुख अनिल लामिछाने, संयुक्त वडा सेवा केन्द्र पालुङका सचिव दिनेश महर्जन लगायतकाको उपस्थिती रहेको थियो । 
थाहा नगरपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम २५ जेठमा दामन र २६ मा बज्रवाराहीमा पनि गर्ने योजना रहेको संयोजक पहेलीले बताए । 






All news in One Place