महिला संघले मनायो तिज विशेष कार्यक्रम
अखिल नेपाल महिला संघ, जिल्ला समिती मकवानपुर तथा हेटौंडानगर समितीको आयोजनामा ११ भदौमा महिला हिंसा विरुद्ध अन्तरक्रिया एवं तिज विशेष दर खाने कार्यक्रम भएको छ । आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर अनेम संघले तिज विशेष कार्यक्रमका आयोजना गरेको हो ।
अनेमा संघ मकवानपुरकी अध्यक्ष पार्वती रानाको सभाध्यक्षतामा भएको कार्यक्रम अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव विष्णु ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महिला शोषण, घरेलु हिंसामा पर्ने भएको यसको विरुद्ध सबै महिला लड्नुपर्ने ओझाले बताइन् । कार्यक्रममा मकवानपुर जिल्ला क्षेत्र नं ३ का सांसद अनन्त पौडेल,नेकपा एमाले केन्द्रिय स्कुल विभाग सदस्य रामेश्वर राना, एमाले नेताहरु रामचन्द्र राई, श्रीधर पोख्रेल, अनेमा संघकी केन्द्रिय सदस्य पद्म पौडेल, जुनेली श्रेष्ठ, एमाले जिल्ला सदस्य नविन सिग्देल, जिल्ला सदस्य सुमित्रा काफ्ले लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा सात सय भन्दा बढि महिला सहभागी थिए ।