उद्घोषण तालिम सम्पन्न
हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा भएको ३ दिने उद्घोषण तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले प्रमाण पत्र वितरण गर्नु भएको छ ।
गत श्रावण २३ देखि २५ गतेसम्म सञ्चालित उद्घोषण तालिममा महिला उद्यमी लगायत २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले तालिमले महिला उद्यमीहरुको व्यक्तित्व र नेतृत्व विकासमा सघाउ पुगेको आफूले विश्वास लिएको बताउनु भएको छ । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यालय सचिव विवेक मानन्धर, महिला उद्यमी समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा तालिमको विषयमा प्रशिक्षार्थी सरला बानियाँ र महाकाली चौलागाईले पनि प्रशिक्षणले आफूमा बोल्न सक्ने क्षमताको विकास भएको बताएका थिए । प्रमाण पत्र वितरण कार्यक्रमलाई तालिम संयोजक लक्ष्मी ढकालले स्वागत मन्तव्य दिनु भएको थियो । उद्घोषण तालिमलाई मकवानपुर उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत तथा सञ्चारकर्मी देवराज पन्तले प्रशिक्षण दिनु भएको थियो ।