भूकम्प पीडित किसानलाई कोरली गाई लिने अवसर आयो है !
सरकारले मकवानपुर लगायतका भूकम्प पीडित जिल्लाका किसानहरुका लागि निःशुल्क कोरली गाई वितरण गर्ने भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा पनि भूकम्प पीडित किसानहरुले पशुसेवा कार्यालयले तोकेको फारम भरेर कोरली गाईको लागि दरखास्त दिन सक्नेछ ।
पशु सेवा निर्देशनालयको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गत सालको विनासकारी भुकम्पबाट अति प्रभावित २४ जिल्लाहरुका किसानलाई यस्तो सुविधा दिइएको हो । सरकारले मकवानपुर, चितवन, गोरखा, खोटांग, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, तनहुँ, कास्की , लमजुङ, स्याङ्जा, पाल्पा र गुल्मीका किसानहरुलाई कोरली गाई वितरण गर्ने भएको हो ।
पशुपालक कृषकहरुका लागि प्रति कृषक १ र प्रति जिल्ला न्युनतम ७५ वटाका दरले उन्नत कोरली गाई वितरण गर्ने कार्यक्रम रहेको छ । पशुपालक कृषकहरु रितपुर्वकको दरखास्त सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा कार्यालय समय भित्रमा गएर फारम भर्न सकिनेछ । कोरली गाईको लागि पशुसेवा कार्यालय पालुङमा पनि फारम भर्न सकिन्छ ।