थाहानगरका लगत छुटेका भूकम्प पीडित गुनासो फारम भर्न शुरु
विद्युतीय तथ्याङ्कमा भूकम्प पीडित भएर पनि लगत छुटेकाहरुको लागि २४ जेठबाट मकवानपुर थाहा नगरपालिकामा गुनासो फारम भर्न शुरु गरिएको छ । पहिलो दिन थाहा नगरपालिका दामन संयूक्त वडा सेवा केन्द्रमा १ सय ४५ परिवारले गुनासो फारम भरेको सचिव पाल्साङ लामाले जानकारी दिए । नेपाल सरकार पुनःनिर्माण प्राधिकरण मार्फत तथ्याङक कार्यालयबाट यस अघि थाहानगरमा विद्युतीय तथ्याङ्क संकलन गरिएको थियो ।
थाहास्तरीय राजनीतिक संयन्त्रको बैठकले निर्णय गरेर २४ जेठबाट गुनासो संकलन शुरु गरेको हो । छुटेका भूकम्पपीडितहरुले सम्बन्धीत वडा कार्यालयबाट गुनासो फारम भर्ने व्यवस्था मिलाइएको छ । गुनासो फारम भर्नको लागि यस अघि नगरपालिकाबाट पाएको रातो कार्डको फोटोकपी, नागरिकताको फोटोकपीm लालपुर्जाको फोटोकपी र सर्भेक्षणको निस्साको प्रतिलिपी, अन्य जिल्लाबाट बसाइ सरी आएको भए बसाइसराको प्रमाणपत्रको फोटोकपी लिएर सम्बन्धीत वडा कार्यालयमा गई गुनासो फारम भर्न सकिने कार्यकारी अधिकृत भिम परियारले जानकारी दिए ।
संयूत्तः वडा सेवा केन्द्र पालुङ, दामन र बज्रवाराहीमा शुरु भएको गुनासो फारम भर्ने कार्य २४ जेठबाट एकसातासम्म हुने थाहा नगरपालिकाले जानकारी दिएको छ ।