इन्द्रायणीमा वक्तृत्वकला
आग्रा/मकवानपुरको आग्रास्थित इन्द्रायणी माविमा विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता भएको छ । विश्व वातावरण दिवसको अवसरमा टियरफण्डको आर्थिक सहयोगबाट राडो नेपाल र साुमदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले प्रतियोगिता आयोजना गरेको हो ।
भूकम्पपछि वन तथा वातावरण संरक्षणमा चुनौति र सम्भावना विषयक प्रतियोगितामा विविका कार्की प्रथम, रविना सापकोटा दोस्रा चन्द्रिका कार्की तेस्रा भए । उनीहरुसहित सहभागी १६ जनालाई कार्यक्रमका प्रमुख अतिथि एवं इन्द्रायणी माविका प्रधानाध्यापक नारायण बहादुर कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा सहभागीहरुको सवितादेवी अर्याल, जितेन्द्र यादव र घुरन दासले मूल्यांकन गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सेन्चुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
