थाहानगरमा मनाइयो विश्व वातावरण दिवस
विश्व वातावरण दिवसको अवसरमा थाहा नगरपालिकाको आयोजना तथा स्थानीय सरकारी तथा गैर सरहकारी निकायको व्यवस्थापनमा थाहानगरको बजार क्षेत्रमा सरसफाई कार्यक्रम भएको छ ।
थाहानगरको ओखरबजार तथा थानाबजार क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र पालुङ, बजार व्यवस्थापन समिति ओखरबजार, थाहाबजारका स्थानीयहरु लगायतकाको उल्लेख्य सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा थाहा नगरपालिकाका वातावरण तथा फहोरमैला व्यवस्थापन अधिकृत न्युटन महर्जन, प्रशासन शाखा प्रमुख अनिल लामिछाने, सूचना शाखा प्रमुख सुरजकुमार भुजेल, लेखापाल दिपक गजुरेल, बिनोद कार्कीलगायतकाको उपस्थिती रहेको थियो ।
‘हाम्रो जीबजन्तु हाम्रो वातावरण र बन, संरक्षण गरौँ लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराको साथ मनाइएको विश्व वातावरण दिवसको अवसरमा २३ जेठ दिउँसो नगरपालिकाको संयूक्त वडा सेवा केन्द्र पालुङ र बज्रवाराहीमा वृक्षारोपन समेत गरिएको छ ।
तस्वीरहरुः न्यूटन महर्जन/थाहानगर
तस्वीरहरुः न्यूटन महर्जन/थाहानगर





