एनफा रेफ्रि कोर्ष सुरु

धर्मेन्द्र दाहाल
हेटौँडा/अखिल नेपाल फुटबल संघ (एनफा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा मकवानपुरको हेटौँडामा मध्य
माञ्चल स्तरीय एनफा रेफ्रि कोर्षको सुरु भएको छ ।
मकवानपुर, वारा पर्सा, रौतहट, चितवन, धादिङ, सर्लाही, धनुषा तथा सिन्धुलीको २८ जना सुहभागि रहेको कोर्षका संयोजक युनाल मल्लले बताए । तालिममा प्रशिक्षकहरु श्रीराम रञ्जितकार, गजेन्द्रमान सिंह तथा फिटनेस तर्फ श्याम लामाले प्रशिक्षण दिने मल्लको भनाई रहेको छ ।
 ६ गतेसम्म चल्ने तालिमको उद्घाटन गर्दै हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशीले मकवानपुर जिल्ला सबैखाले खेलकुदको संभावना भएको जिल्ला भएकोले खेल विकाको लागि सबै निकायले ध्यान दिनु पर्ने बताए ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिती अध्यक्ष माधव तिमल्सिनाको उपस्थिती रहेको थियो ।

All news in One Place