सम्वाद सहजीकरणका लागि एनिमेटर तालिम सम्पन्न

दलित तथा सिमान्तकृत समुदायका युवाकालागि शिक्षा तथा सशक्तिकरण कार्यक्रम सम्वाद परियोजना अन्तर्गत सम्वाद सहजीकरणका लागि एनिमेटर तालिम मनहरीमा सम्पन्न भएको छ । एनिमेटरहरुले सिकेका सीपलाई प्रयोग गर्दै सहभागीहरुले नै समापन कार्यक्रमको सञ्चालन गरेका हुन । १० दिन सम्म सञ्चालित तालिमको अन्तिम दिनको व्यवस्थापक दिलु गिरीको अध्यक्षता र  मनहरी गा.वि.स. सचिव मिनराज कोईरालाको प्रमुख आतिथ्यतामा तालिम समापन सम्पन्न भएको हो । प्रमुख अतिथी कोईरालाले सम्वादले सामाजिक रुपान्तरणमा प्रभावकारी भूमीका निर्वाह गर्ने भएकाले विषय मिल्दा कुराहरुमा सहकार्य गर्ने वताउनु भयो । त्यसै गरी नेकपा एमाले प्रतिनिधी नारायण श्रेष्ठ, एनेकपा माओवादी प्रतिनिधी गोविन्द वहादुर लामाले गा.वि.स.को कार्यक्रम र सम्वादलाई सहकार्य गरी अगाडी वढाएमा सामाज सुधार गर्ने सकिने र यसकालागि आफ्नो तर्फवाट हरतरहले सहयोग गर्ने वताउनु भयो । कर्याक्रममा सामुदायिक विकास केन्द्र नेपाल कार्यक्रम व्यवस्थापक सुमिरन कोईराला, सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्मा लगायतले समाज परिवर्तनको लागि कार्यक्रम सञ्चालन गर्न लागिएकोले यसलाई सघाउन सवैलाई आग्रह गरेका थिए । तालिममा सहभागीहरु मध्येवाट मीना लामा, सञ्चलाल लामा, सुरेश लामा, विपना लामा, संगिता मस्राङ्गे मगर लगायतले आफूले सिकेका ज्ञान सीपको प्रयोग गरी समुदायमा विद्यामाान विकृति विसंगति अन्त्य गर्न र किशोर किशोरीको सशक्तिकरणमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । सामुदायिक विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेशनको सहकार्यमा मनहरीमा सन २०१६मा सञ्चालन गरिने सम्वाद सहजीकरण क्षमता विकासका लागि सञ्चालन गरिएको १० दिने तालिममा १९ जनाको सहभागिता रहेको थियो  । तालिमको सहजीकरण सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्मा, फिल्ड सुपरभाईजर चन्द्र वहादुर राई, कृष्ण घिमिरे, रुपा सुनार र सुनिता थापा लगायत गरेका हुन । तालिम समापन सत्रको सञ्चालन सहभागी एनिमेटर शुष्मा राईले गरेकी थिइन ।

All news in One Place