बिधुत बक्यौता ले प्रा.स्वा.केन्द्र भीमफेदी प्रभाबित,खोप लगायत आपतकालीन सेवा ठप्प
सुरेन्द्र राज थीके
ऐतिहासिक पृथ्बीचन्द्र अस्पताल हाल प्राथमिक स्वास्थ केन्द्र भीमफेदी बिधुत आपुर्ति बन्द भए कारण खोप सेवा लगायत आपतकालीन सेवा बनद भएको छ ।गत एक हप्ता अगाडी बिजुलीको मिटर जल्न गइ बिधुत आपुर्ति बन्द भए यता अति आबस्यक फ्रिज गर्नु पर्ने खोपको भ्याक्सीन लगायत प्रयोगशालाको औषधि पुर्ण रुपमा बिग्रने अबस्थामा रहेको छ ।
हेटौडा कुलेखानी काठमाण्डौको अती संमबेदनसिल मार्ग को मुख्य आपतकालीन उपचार केन्द्र रहेको तथा इपा कोगटे भमिफेदी र निबुवाटार गा.बि.स. समेतको खोपको बितरण केन्द्र रहेको प्राथमीक स्वास्थ केन्द्र भीमफेदीमा बिधुत आपुर्ति अबरोध हुंदा चार गा.बि.स.मा खोप सेवा बन्द हुने तथा आपतकालीन सेवा बनद भएको डा. बिकास भट्टराइ बताउनु हुन्छ ।यस्तै भीमफेदी यी चारै गा.बि.स.को नवजात शिशु जन्म केन्द्र समेत भएको र बिजुली नभएकोले कार्य गर्न असहज भएको ले सेवा दीन बाट बञ्चीत भएको र आमा तथा नवजात जन्म शिशुको जोखीम रहेको अ.न.मी. जुना लामा बताउनु हुन्छ । क्षेत्रिय कारागार समेत यसे ठाउंमा रहेको र कारागारमा सातसय भन्दा बढि बन्दि रहेको र आपतकालीन सेवा बन्द हुंदा सुरक्षाको द्दिष्टिकोण ले पनी उपचारमा बाधा भएको सुरक्षाकर्मीको धारणा रहेको छ ।
२०५५ साल देखी बिजुली बक्यौेता रहेकोले बिधुत जडानमा समस्या रहेको र उक्त अवधि देखी हाल सम्म करीब रु आठ लाख भन्दा बढि बक्यौता रहेको ले सो स्थानमा बिधुत आपुर्ति दिन नसकिने जानकारी गराउनु हुन्छ नेपाल बिधुत प्रधिकरण फयुज शाखाका प्रावधिक सिताराम पुडासैनी ।बिधुत महशुल बुझाउने जिल्ला स्वास्थ कार्यालयको जिम्मेवारी भएता पनी जिल्लामा उक्त रकम भुक्तानी गर्ने पुर्ण रकम निकासा नहुदा भुक्तानी गर्न नसकिने र प्राथमीक स्वास्थ केन्द्र सहयोग समिति बाट ब्यबस्था गर्नु पर्ने जानकारी भएकोले स्वास्थ केन्द्र बाट यो रकम भुक्तानी गर्न नसकिने बताउनु हुन्छ प्राथमीक स्वास्थ केन्द्र सहयोग समिति अध्यक्ष गा.बि.स. सचिब बद्री सापकोटा ।
स्वास्थ क्षेत्रमा बिधुत सहज गर्ने सरकारी निति भएता पनी प्रभाबकारीन कार्यान्वयनको नहुनाले सेवा सुबिधामा असहज भएको ले संम्बधित निकाए ले सिघ्र समाधान अपनाउनु पर्छ र जिम्मेवार निकायको ध्यान जान जरुरी रहेको हाम्रा स्थानिय सहकर्मी सुरेन्द्र थीके बताउनु हुन्छ ।