सेवा केन्द्रको आग्रामा सचेतना कार्यक्रम

सामुदायिक सेवा केन्द्र पालुङले स्कुले बालिबालिकाहरुका लागि सचेतना कार्यक्रम संचालन गरेको छ । सेवा केन्द्रले मकवानपुर आग्रा गाविस वडा नम्बर ५ मा रहेको सुन्दरीदेवी माविमा १७ भदौमा बालविवाह विरुद्ध र बाल हिंसा विरुद्धको विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरी सचेत गराईएको हो।

‘प्रहरी मेरो साथी’  अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यलय मकवानपुरले कार्यक्रम संचालनको लागि सहयोग गरेको थियो । विद्यालयका विद्यार्थीहरुलाई सचेत बनाउन सके सन्देश बढी प्रभावकारी हुने भएकोले केन्द्रले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम संचालन गरेको सेवा केन्द्रका हवलदार चित्रबहादुर बस्नेतले बताए । कार्यक्रममा विद्यार्थीहरुका लागि बाल विवाह के हो ? कसरी हुन्छ ? बाल विवाह गर्दा कस्तो असर पर्छ त्यसको कानुनी कारबाही लगायतको विषयमा सेवा केन्द्रले सहजीकरण गरेको थियो । 
सचेतना कार्यक्रममा करिब १ सय विद्यार्थीको सहभागिता रहेको थियो । यस अघि पनि सामुदायिक सेवा केन्द्रले टिष्टङमा पनि यस्तै कार्यक्रम संचालन गरेको थियो । यसैबीच २५ भदौमा आग्रामा नै मानव बेचविखन विरुद्धको कार्यक्रम संचालन गर्ने सेवा केन्द्रले जानकारी दिएको छ ।
-जनक लामा/थाहानगर

All news in One Place