मकवानपुरमा मनाइयो भुजेली पर्व
भुजेल जातीको संस्कृती संरक्षण सम्बन्धी दुई दिने बिचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रम ८ जेठमा हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा नारायणी, गण्डकी, बागमती, जनकपुर र मेची अञ्चलका १२ जिल्लाका ८० जना भुजेल बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा भुजेल पुरेत प्रहो लक्ष्मण भुजेल र भुजेल समाज सेवा समितिका केन्द्रीय सदस्य एवम् संस्कृती बिभाग प्रमुख रेशम भुजेलले सहजिकरण गरेका थिए । कार्यक्रममा भुजेल जातीको जन्म, न्वारन, बिवाह र मृत्यु संस्कार तथा बोलीचालीको भुजेल भाषाका बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रम भुजेल बिद्यार्थी मञ्च केन्द्रिय समितिको आयोजना तथा भुजेल बिद्यार्थी मञ्च मकवानपुरको व्यबस्थापनमा भएको हो । कार्यक्रम भुजेल बिद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष प्रकाश भुजेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका जनजाती बिभाग प्रमुख एवम् संसदीय दलका सचेतक गोकूल घर्तीको प्रमुख आतिथ्य तथा भुजेल समाज सेवा समितिका केन्द्रिय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष सूर्यबहादुर भुजेलको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा भुजेल समाज सेवा समितिका केन्द्रिय कोषाध्यक्ष लोकबहादुर भुजेल, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य बागबिर मुखिया, नेपाल आदिवासी जनजाती बिद्यार्थी महासंघका उपमहासचिव मनेन्द्र सिँह दनुवारले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममै भुजेल महिला समाजका केन्द्रिय कोषाध्यक्ष कला भुजेल, भुजेल बिद्यार्थी मञ्चका निबर्तमान केन्द्रिय अध्यक्ष तिर्सन घर्ती, नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगर, भुजेल समाज सेवा समिति मकवानपुरका अध्यक्ष ध्रुबबहादुर भुजेल, भुजेल बिद्यार्थी मञ्चका निर्बतमान उपाध्यक्ष भिम भुजेल लगाएतको आतिथ्य रहेको थियो ।
१५२१ औँ भुजेली पर्वको शुभकामना आदनप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा भुजेल पर्वको अबसरमा प्रकृति पुजासहित शुभकामना आदनप्रदान गरिएको हो ।
यसैबिच, भुजेल बिद्यार्थी मञ्च केन्द्रिय समिति र भुजेल समाज सेवा समितिले प्रकाशन गरेको २०७३ सालको छुट्टा छुट्टै भित्तेपात्रो ९क्यालेण्डर० बिमोचन गरिएको छ । कार्यक्रममै भुजेली बिद्यार्थीद्वारा तयार गरेको भुजेल गितको पनि बिमोचन गरिएको छ । कमल भुजेलको रचना तथा भिम भुजेल, रामबहादुर भुजेल, पार्बती भुजेल र रिता भुजेलको स्वर रहेको गितमा रामबहादुर भुजेलले संगित भरेका छन् । कार्यक्रममा गित, नृत्यसहित साँस्कृतिक कार्यक्रम पनि गरिएको बताईएको छ




