चेपाङ् प्राविलाई २ लाख ७५ हजार सहयोग

शिव चौलागाई

मकवानपुरको हाडीखोला ७, चिसापानीमा रहेको चेपाङ् प्राविलाई नगद २ लाख ७५ हजार रुपिया तथा अन्य विभिन्न सहयोग प्राप्त भएको छ । सदरमुकाम हेटौंडाबाट नजिक भएपनि भौगोलिक रुपमा विकटता रहेको चेपाङ् समुदायको विद्यालयका लागि विभिन्न दाताहरुबाट सङ्कलित रकम आज खास्टी नेपा पुच काठमाडौंका अध्यक्ष दुर्गामान शाक्यले हस्तान्तरण गरेका हुन्  । सूर्यबज्र लामा, तामाङ्  सांस्कृतिक समाज, बौद्घक्षेत्र विकास समितीका अध्यक्ष सम्पूर्णकुमार लामा, पीडित तथा असहाय सहयोग समितीका अध्यक्ष राजेश्वरी श्रेष्ठले विद्यालयका लागि गरेका हुन । विद्यालयका लागि सहयोग जुटाउने उद्घेश्यले काठमाडौंको बौद्घबाट विद्यालय स्थल सम्म भएको शान्ति दौड समापनका अवसरमा सहयोग हस्तान्तरण गरिएको हो । बुद्घ जयन्तीका अवसरमा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न दाताले विद्यालयका विभिन्न प्रकारको सहयोग सहयोग गर्ने प्रतिबद्घता समेत व्यक्त गरेका थिए । चिल्ड्रेन लिबरटी स्कूलले स्टेशनरी सामग्री, दीपक शाक्यले खेलकुद सामग्री, कुमार लामाले एक हप्ताभित्र १ सय ७५ वटा स्कूल ब्याग उपलब्ध गराउने, देवीप्रसाद लम्सालले चेपाङ् समुदायका तीन जना विद्यार्थीलाई निशुल्क उच्च शिक्षा प्रदान गर्ने, पीस नेपाल एकेडेमीले चेपाङ् समुदायका तीन जना मावि तहका विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने, मानव अधिकारकर्मी जेपी भुजेलले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याउने प्रतिबद्घता ब्यक्त गरेका थिए । सांसद रामनारायण बिडारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शान्ति पदयात्रा मकवानपुरका संयोजक कमलचन्द्र सुमन, शान्ति दौडमा सहभागी हुनुभएका राष्ट्रिय धावक रत्न तुलाधार, खास्टी नेवा पुचःका अध्यक्ष दुर्गामान शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका लागि आवश्यक सहयोग सङ्कलनका लागि बौद्घबाट यहि जेठ ४ गतेबाट सुरु शान्ति दौडमा सहभागी हुनुहुने तथा दाताहरुलाई कार्यक्रममा प्रसंशापत्र समेत प्रदान गरिएको विद्यालयका संस्थापक एवम् शान्ति दौड मकवानपुर संयोजक सुमनले बताए ।

All news in One Place