मनहरीमा बेमौसमी तरकारी खेती तालिम
धर्मेन्द्र दाहाल/
ब्यवसायिक तथा सिप विकास तालिम केन्द्र तथा मकवानपुर इन्सिच्युट अफ टेक्नोलाजिको संयुक्त आयोजनामा पश्चिम मकवानपुरको मनहरी गाविस वडा नं ४ सिम्पानीमा ३२ दिने बेमौसमी तरकारी खेति तालिम सुरु भएको छ ।
ब्यवसायिक तथा सिप विकास तालिम केन्द्र तथा मकवानपुर इन्सिच्युट अफ टेक्नोलाजिको संयुक्त आयोजनामा पश्चिम मकवानपुरको मनहरी गाविस वडा नं ४ सिम्पानीमा ३२ दिने बेमौसमी तरकारी खेति तालिम सुरु भएको छ ।
![]() |
फाइल फाेटाे |
मंगलबार मनहरीमा तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी रामकुमार राईले तालिमले बेरोजगारी हटाउनको लागि तथा कृषि पेशामा आकर्षण बढाउनको लागि सहयोग गर्ने बताए । २२ जनाको सहभागिता रहेको तालिमबाट स्वरोजगार बनाउनको लागि सहयोग पुग्ने आयोजकले जनाएको छ । तालिममा सहभागिहरुले पनि नयाँ तथा उन्नत किसीमको बेमौसमी तरकारी खेती तालिमबाट आत्मनिर्भर बन्नको लागि सहयोग पुग्ने बताए ।
टेक्नोलोजिकी प्रोपाईटर इन्दीरा न्यौपाने डल्लाकोटीको अध्यक्षतामा भएको तालिममा रामप्रसाद तिमल्सीना तथा रिता कुमारी घिमिरेले प्रशिक्षण दिने छन् । यस अघि सोहि सस्थाले हेटौँडाको गर्दइमा पनि तालिम सुरु गरेको छ । गर्दइमा भएको तालिममा ३२ जनाको सहभागिता रहेको छ ।