किताव सिंह स्मृति पत्रकारिता पुरस्कार एलनलाई
धर्मेन्द्र दाहाल/
प्रेस चौतारी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको किताव सिंह स्मृति पत्रकारिता पुरस्कारयो वर्ष प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकुमार एलनलाई प्रदान गर्ने भएको छ । प्रेस चौतारी मकवानपुरका पूर्व अध्यक्ष तथा हाल केन्द्रीय सचिव समेत रहेका एलनलाई यो वर्ष किताव सिंह स्मृति पत्रकारिता पुरस्कारद्वारा १० हजार नगद सहित सम्मानित गर्ने निर्णय गरेको हो । लामो समयसम्म हेटौँडामा रहेर पत्रकारिता गरेका ‘एलन’ हाल पत्रकारिताकै शिलशिलामा काठमाण्डौमा रहेका छन् ।
प्रेस चौतारी नेपाल मकवानपुर शाखाको मंगलबार हेटौँडामा भएको विस्तारित बैठकले चौतारीको केन्द्रीय महाधिवेशनको तयारीको लागि प्रतिनिधि छनौट तथा सदस्य नबिकरणलाई थप प्राथमिकता दिने निर्णय समेत गरेको छ । एमालेका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रचार विभाग प्रमुख तथा जिल्ला सचिव एकलाल श्रेष्ठ, पुर्व प्रचार विभाग प्रमुख तथा जिल्ला सदस्य नविन सिग्देल, चौतारी इन्चार्ज तथा जिल्ला सदस्य आरती पाठक, संसद राजाराम स्याङ्तान, अग्रज पत्रकार तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, वान केन्द्रीय कोषाध्यक्ष उज्वल चौलागाँई, लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष शिवकुमार काशीको अध्यक्षतामा भएको हो ।