एक महिनामा १० बलात्कृत ४ जनाको हत्या

सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनले एक महिनामा ४ जना महिलाको हत्या र १० जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।  १५ वटा राष्ट्रिय दैनिकमा गरिएको  अनुगमनले यस्तो देखाएको समूहका सचिव बिमला तुम्खेवाले जानरी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ३३ वटा समाचार सामग्री प्रकाशित भएको जारी विज्ञप्तिमा भनिएको छ ।
अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहले जनाएको छ । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरू समेटिएको विज्ञप्तिमा उल्लेख छ ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक  विषमा अनुगमन गरिएको समूहले जनाएको छ ।
vaw
माघ महिनामा हत्याका ४ वटा घटना भएका थिए र हत्यासम्बन्धी ४२ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको  १ वटा घटना भएको थियो र ८ वटा समाचार सामग्री प्रकाशित भएका थिए भने स्वास्थ्य अधिकार हनन्का १ वटा घटना थिए र ५० वटा समाचार सामग्री प्रकाशित भएको तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक अधिकारसँग सम्बन्धित १ वटा घटना थिए र ४९ वटा समाचार, विचार तषा सम्पादकीय छापिएको तुम्खेवाले जारी गरेको विज्ञप्तिमा  थिए । यस अवधिमा मानव बेचबिखनसम्बन्धी ४९ र राजनितिक अधिकार हननसम्बन्धी ९ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धीे १८ वटा समाचार सामग्री प्रकाशित थिए । बोक्सी आरोपका ४ वटा समाचार सामग्री र १ वटा घटना प्रकाशित भएका थिए। घरेलु हिंसासम्बन्धी १६ वटा समाचार सामग्री र ४ वटा घटना प्रकाशित भएका थिए । त्यस्तै बहुबिवाहसम्बन्धीे ३ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यो महिना दाईजोसम्बन्धी १ वटा समाचार सामग्री मात्रै प्रकाशित भएको समूहले बताएको छ ।
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा निकै नै कम जम्मा ११ वटा  समाचार छापिएका थिए । पृष्ठ ५ मा जम्मा ४८ समाचार छापिएका थिए । पृष्ठ २ र ४ मा ३७ वटा समाचार  छापिएका थिए । अनुगमनले महिलामाथि हिंसा गर्नेमा, परिवारका सदस्य (१३), राज्य (१) र  अन्य (३२) भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय १, फोटो समाचार १५, लेख २०, सफ्ट न्यूज ५५ तथा हार्ड न्यूज १९७ प्रकाशित थिए । प्रकाशित समाचार मध्ये हार्ड न्यूज २१, सफ्ट न्यूज ३३ र ११ वटा लेखमा मात्र फोटो÷स्केच प्रयोग गरिएको अनुगमनमा देखिएको समूहले जनाएको छ ।
यस पटक हत्याका ६ वटा र घरेलु हिसांका १ वटा ‘फलोअप’ समाचार थिए । ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (२१) पाइएको छ र समाचार सामाग्रीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै सम्पादकीय दृष्टिकोणको अभाव नै देखिएको र यस महिना पीडितका १४ वटा तस्बिर छापिएका थिए भने पीडकको ३ वटा तस्बिर छापिएको विज्ञप्तिमा उल्लेख छ ।
महिला खबर
प्रकाशित मिति २०७२ फागुन ११ गते मंगलवार

All news in One Place