असहाय बालगृहलाई सहयोग
धर्मेन्द्र दाहाल/
टेम्पो तथा मझौला यातायात ब्यवसायी संघ हेटौँडाले हेटौँडा ५ मा सञ्चालनमा रहेको असाहय वालगृह 'हाम्रो घर' लाई खाद्यन्न हस्तान्तरण गरेको छ । संघले १ बोरा भुजा, २ बोरा चिउरा, १० किलो दाल, १० किलो चना, १ कार्टुन तेल तथा सरसफाईका सामग्री ९साबुन० हस्तान्तरण गरेको हो । ३० जना वालवालिकाहरुको संरक्षण तथा अध्ययन अध्यापन गराउँदै आएको बालगृहलाई संघका अध्यक्ष प्रदिपराज गिरि तथा महासचिव ज्ञानेन्द्र कार्की सहितको टोलीले सहयोग गरेको बालगृहकी अध्यक्ष बालकुमारी डल्लाकोटीले जानकारी दिईन् ।
त्यसैगरी मंगलबारनै टोल विकास सस्था बचत तथा ऋण सहकारी सस्थाकी सदस्य सति न्यौपानेले आफ्नी छोरी सृष्टी न्यौपानेको २२ औ जन्मोत्सवको अवसर पारेर सम्पूर्ण बालबालीकालाई एक छाक खाजा खुवाएकी छिन् । असाहय वालगृहमा रहेका वालवालिकालाई यसरीनै सहयोग गरि उनीहरुको संरक्षणमा सहयोग गर्न अध्यक्ष डल्लाकोटीले सम्पूर्णलाई आग्रह समेत गरेकी छिन्