मकवानपुरमा तिन अर्बको बजेट आउँदै

      सडक, विजुली, खानेपानी प्राथमिकतामा

धर्मेन्द्र दाहाल/
हेटौँडा/यो वर्षको मकवानपुरे जिल्ला परिषदमा पनि भौतिक निर्माणका विषयले प्राथमिकता पाउने भएको छ । यहि फागुन २० गते हुने जिल्ला परिषदको लागि तयारी चलिरहदा सम्पन्न भएका १३ वटा इलाका परिषद बैठक सहितका विषयगत समितीमा भौतिक निर्माणको योजनाहरुको अधिक माग भएको र यो वर्ष पनि सडक निर्माण, पुल, सिञ्चाई, तटबन्धन जस्ता विषयले प्राथमिकता पाउने जिल्ला विकास समिती मकवानपुरले जनाएको छ ।
जिल्लाको चार वटै क्षेत्रका सबै १३ वटा इलाकामा गरिएको बैठकमा स्थानीयस्तरबाट भौतिक निर्माणका योजनाहरुले प्राथमिकता पाएको जिल्ला विकास समिती मकवानपुरका सामजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हेटौँडा टुडेलाई प्रतिक्रिया दिँदै उनले भने 'हरेक इलाकामा भएको बैठकमा भौतिक निर्माणको योजनाले प्राथमिकता पाएको छ । यो वर्ष भुकम्प गएकोले पनि त्यसले खानेपानीको मुहानमा पु¥याएको नोक्सान तथा पर्यटकीय क्षेत्रमा पुगेको क्षतिको विषयमा पनि यो वर्ष उल्लेख्य चर्चा भएको छ ।’
मकवानपुरको पूर्वि क्षेत्रमा भएका इलाका गोष्टिहरुमा सबैभन्दा प्राथमिकतामा सडक निर्माण, ग्राबल, तटबन्धन, खानेपानी परेको जिविसले जनाएको छ । त्यसैगरी पश्चिम मकवानपुरमा गाँजा खेति उन्मुलनको विषयले पनि रामै्र चर्चा पाएको बताईएको छ । त्यसको अलावा सडक, खानेपानी, सिंचाई, तटबन्धन तथा पर्यटकीय क्षेत्रलाई भुकम्पले पु¥याएको क्षतिलाई पुन निर्माण विषय पनि समेटीएको छ । त्यसैगरी उत्तरी मकवानपुरमा पनि पर्यटकीय क्षेत्रमा पु¥याएको क्षतिको पुन निर्माणको विषय, भुकम्पले खानेपानीको मुहानमा पु¥याएको असर तथा पर्यटन प्रर्बद्धनको विषयले प्राथमिकता पाएको बताईएको छ । तर चारैवटा क्षेत्रमा सडक निर्माण, सुधार तथा कालोपत्रे विषयले अधिक प्राथमिकता पाएको थापाले बताए । 
यो वर्ष इलाका योजना तर्जुमा गोष्ठिमा पहिलेको भन्दा फरक रोजगार मुलक ब्यवसायलाई प्राथमिकता दिनु पर्ने, पश्चिम मकवानपुरमा गरिदै आएको गाँजा खेतीलाई निरुत्साहित गर्दै ब्यवसायीक तरकारी खेतीलाई प्रर्बद्धन गर्नु पर्ने तथा भुकम्पले भत्काएका प्राचिन पूर्वाधारलाई तत्काल पुन निर्माण गर्नु पर्ने विषयले पनि प्राथमिकता पाएको छ । 
मकवानपुरको विकासमा जिल्ला परिषदले ठुलो महत्व राख्ने बताउँदै जिल्ला विकास समिती मकवानपुरले मकवानपुरका सम्पूर्ण क्रियाशिल राजनीतिक दलहरु, सामजिक संघसस्था तथा सबै सरोकारवाला निकायहरुसँग गभ्मिर छmफल तथा विषयगत समितीको बैठकहरु सम्पन्न गरिसकेको जनाईएको छ । यो वर्ष जिल्लाको अनुमानित बजेट ३ अरब रुपैँया हुने पनि जिल्ला विकास समिती मकवानपुरले जनाएको छ । 

‘एकिकृत योजना तर्जुमा समिती’को बैठक सम्पन्न

हेटौँडा/फागुन २० गते हुने जिल्ला परिषदको तयारि तथा योजनाहरुलाई अन्तिम रुप दिनको लागि मंगलबार जिल्ला विकास समिती मकवानपुरमा ‘एकिकृत योजना तर्जुमा समिती’को बैठक सम्पन्न भएको छ । इलाकास्तरबाट आएका योजना तथा विषयगत समितीमा भएका निर्णहरुको विषयमा बैठकमा छलफल भएको समितीले जनाएको छ । 
स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको अध्यक्षतामा भएको बैठकमा सांसदहरु अनन्त पौडेल, राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, एमाओवादी मकवानपुरका प्रकाश पाण्डे, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट, संघिय समाजवादीका अध्यक्ष शुभरत्न गोले, नेकपा मालेका जिल्ला सचिव भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, नयाँ शक्ति अभियानका ज्योति रायमाझी लगाएतको सहभागिता रहेको थियो ।
हेटाैडा टुडेमा प्रकाशित

All news in One Place