जेलबाट हेर्दा
रूपचन्द्र विष्टकाे २०४४ सालमा वितरीत पर्चा, जेलबाट हेर्दा
मूल्य रू. २, सहुलियत १० पैसा
रैती बिग्रे कैदी
कैदी बिग्रे नाइके
नाइके बिग्रे चौकीदार
अनि, जेल र कैदी बिगार्दै
लख–करोड–पति बन्न छुट भइरहने...
रैती सप्रे प्रतिनिधी,
प्रतिनिधी सप्रे कैदी
प्रतिनिधी बिग्रे मन्त्रि
मन्त्री बिग्रे प्रधानमन्त्री
अनि, देश र जनतालाई बिगार्दै
करोड–अरब–पति बन्न छुट भइरहने
स्वच्छन्द शोषक–शासक तन्त्रे
आफुमुखी व्यवस्था भत्काउदै
कलिला, श्रमिक, जीवन विषयी र
नारीका हित अधिकारले बनेको
समाजमुखी–व्यवस्थामुखी
जनमुखी राजनीति हो कि हैन
हरेक र जम्मैमा ‘थाहा’ चाहियो
मूल्य रु. २, सहुलियत १० पैसा, २०४४