सिमाकन निर्धारण समितीमा पौडेल
धर्मेन्द्र दाहाल ।

हेटौँडा नगरपालिकाका पूर्व मेयर डोरमणी पौडेल नेपाल सरकारले गठन गरेको गाउँपालिका, नगरपालिका, विषेश संरक्षित तथा स्वायत्त क्षेत्रका सङ्ख्या
निर्धारण तथा सिमांकन निर्धारण समितीको सदस्यमा चयन भएका छन् । सरकारको मन्त्री परिषदको बैठकले पूर्व सचिव वालानन्द पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिती निर्माण गरेको हो । समितीको सदस्यमा पौडेल सहित श्याम भुर्तेल, डाक्टर माधव अधिकारी, धिरज शाह, सुनिलरञ्जन सिंह तथा पवित्रा श्रेष्ठ चयन भएका छन् ।
सदस्य भएपछि प्रतिक्रिया दिँदै पौडेलले सरकारले गठन गरेको संघिय संरचना अनुसार समितीले गाउँपालिका, नगरपालिकाको सिमा निर्धारण गर्ने, गाउँपालिकाको सङ्ख्या ८ सय देखि एक हजारको सङ्ख्यामा झार्ने लगाएतको काम गर्ने जनाए ।