एकीकृत कृषक समूहको साधारणसभा
थाहा नगरपालिकाको बज्रवाराहीमा रहेको एकीृकत कृषक समूहको दोस्रो साधारणसभा सम्पन्न भएको छ । माधव विडारीको अध्यक्षता तथा लवग्रिन नेपालका कार्यकारी निर्देशक गोरेकाजी संगतको प्रमुख आतिथ्यमा भएको साधारणसभामा थाहा नगरपालिकाकाक प्राविधिक सुकदेव विडारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा लवग्रिन जापानका मासाओ आइकावा लगायतकाको आतिथ्य रहेको थियो ।
यसैबीच २ फागुनमा भएको साधारणसभाले एशोधा अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निर्मला विडारी, सचिव शंकर महर्जन, कोषाध्यक्ष शालिकराम अधिकारी तथा सदस्यहरुमा जानकी श्रेष्ठ, प्रमोद गोपाली, सूर्य बहादुर गोपाली, बायु वाइवा र कृष्ण बहादुर गुरुङ रहेका छन् ।