निसान, विकास र सोम क्वाटरफाईनलमा
हेटौँडाको कर्रामा जारी तेश्रो निशान लामा स्मृती सेभन ए साईड फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा विजयी हुँदै एफसी सोम, निसान ‘बी’ र एफसी विकास युवा क्वाटर फाईनलमा प्रबेश गरेका छन् । १६ टिम सहभागि रहेको प्रतियोगितामा मंगलबार ३ टिमले क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।
कर्रा नेटवर्कको आयोजनामा श्रमिक माबि कर्राको खेलमैदानमा भएको मंगलबार भएको पहिलो खेलमा एफसी सोमले फराकिलो जित दर्ता गरेको छ । हेटौँडाका स्टार खेलाडी विके लामाले उत्कृष्ट प्रर्दशन गरेपछि सोमले एफसी मिलानलाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको २४ औ मि नेटमा सोमको लागि बिके लामाले सुन्दर गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । खेलको तिन गोल भने दोश्रो हाफको अन्यतिर संभव भएको थियो । पहिलो हाफ १–० ले अघि रहेको सोमको लागि खेलको ४० औ मिनेटमा ब्यक्तिगत तथा टिमको लागि दोश्रो गोल गर्दै टिमलाई थप मजबुत बनाएका थिए । त्यसैगरी सोमको लागि ४५ औं मिनेटमा मनोज लामा र ४८ औं मिनेटमा विशाल लामाले गोल गरेपछि सोमले फराकिलो जित दर्ता गरेको हो । खेलमा सोमका विके म्यान अफ दी म्याच भए ।
मंगलबारनै भएको दोश्रो खेलमा एफसी निसान ‘बी’ले नवदुर्गा क्लबलाई २–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा निसान ‘बि’ का सञ्जिव लामाले २० औ मिनेटमा गोल गर्दै टोलिलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता हाँसील गरेको निसानको लागि दोश्रो हाफको ४८ औ मिनेटमा विनय लामाले गोल गर्दै टिमलाई २–० को जित दिलाए । खेलमा निसान ‘बी’का विनय लामा म्यान अफ दी म्याच भए। जितका लागी सञ्जिव लामा र विनय लामाले समान एक–एक गोल गरेका थिए ।
