प्रेस चौतारी मकवानपुरको कार्य समितिमा तीन पत्रकारलाई मनोनित

सानोबाबु मोक्तान
प्रेस चौतारी नेपाल मकवानपुरको पहिलो बैठकले चौतारीमा क्रियाशील सानोबाबु मोक्तान, रेश्मी कार्की र नानीमाया सापकोटालाई कार्यसमितिमा मनोनित गरेको छ । बैठकले चौतारीको गतिविधीलाई तिब्रता दिनको लागि अध्यक्ष प्रकाश दाहालको संयोजकत्वमा ७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । छैटौं जिल्ला अधिवेशन पश्चात नवगठित कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई चौतारीलाई मजबुद बनाउन पु¥याएको योगदानको प्रशंसा गर्र्दैै धन्यवाद दिएको छ ।
रेश्मी कार्की
बैठकमा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजन दाहाल, ब्रोडकाष्ट एशोसियसन नेपालका केन्द्रिय कोषाध्यक्ष उज्वल चौलागाई, प्रेस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष देबराज रिमाल, पूर्व जिल्ला उपाध्यक्ष हरि हुमागाई र निवर्तमान अध्यक्ष शिवकुमार काशीले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै आगामी तीन बर्षे कार्यकालमा चौतारीलाई बलियो संगठनको रुपमा विकास गर्दै अघि बढ्न सुझाव दिए ।  
प्रेस चौतारी नेपाल जिल्ला शाखा मकवानपुरले सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार मनिल महतो र सुशान्त महतलाई प्रेस चौतारी नेपालको सदस्यता वितरण गरेको छ । 




All news in One Place