राजधानीमा थाहा सम्पर्क मञ्चकाे अावश्यकता कति ?
थाहा नगरपालिकाबाट काठमाडौ आई अध्ययन गरिरहनु भएका बिद्यार्थीहरुलाई एक आपसमा एकीकृत
बनाउने संस्था वा मञ्चको आवश्यकता देख्नुहुन्छ ?? किन ??
प्रस्तुतीः अनित विष्ट
- निरञ्जन ढकाल/ थाहा न.पा. ३ बि बि एस् तेस्रो बर्ष ज्ञानकुञ्ज कलेज काठमाडौ
१) थाहा नगरपालिकाबाट काठमाडौ
आई अध्ययन गरिरहनु भएका बिद्यार्थीबिच एक आपसमा
एकीकृत हुने संस्था वा मञ्चको आवश्यकता
निकै नै छ । नगरपालिकाबाट यहाँ गुणस्तरीय शिक्षाा प्राप्तीका लागी आउने विद्यार्थीहरु यहाँ आएर भौतारिने गरेका छन । उनिहरुलाई कुन
कलेज पढ्ने,
कुन बिषय लिएर पढ्ने जस्ता कुराहरुमा निर्णय लिन गाह्रो भैरहेको हुन्छ । यस्तो अवस्थामा यस संस्थाले सहयोग गर्न सक्छ । कुनै
विद्यार्थी आर्थिक समस्याका कारण उच्च शिझा हासिल गर्न बाट बन्चित भएको छ भने , यस संस्था बाट कोष खडा गरी त्यस्ता विद्यार्थीहरुलाई आर्थिक
सहयोग गर्न पनि सकिन्छ र कती विद्यार्थीहरु काठमाडौ
आएर कहाँ बस्ने भन्ने समस्याले ग्रसित
हुन्छन् । तसर्थ यस संस्थाले सर्भसुलभ दरमा "होस्टेल " सन्चालन गर्न सक्छ ।
_______________________________________________________________________________________
- दिपक खत्री थाहा न.पा. ७ बि.बि.एस दोस्रो बर्ष ज्ञानकुञ्ज कलेज काठमाडौ
२) थाहा नगरपालिकाबाट काठमाडौ
आई अध्ययन गरिरहनु भएका बिद्यार्थीबिच एक आपसमा एकीकृत हुने संस्था वा मञ्चको
आवश्यकता निकै नै छ । एकता नै बल भनेझै यसले सहर भित्र
विभिन्न ठाउँमा छरिएर बसिरहेका बिद्यार्थीहरुमा एकता गराउछ ।
जो कोहि पनि कुनै न कुनै समयमा समस्याबाट गुज्रिएको हुन्छ त्यसमाथि अझ बिद्यार्थी
जिबनमा थुप्रै संघर्ष गर्नुपर्ने हुन्छ र साथ र सहयोगहरुको आवश्यक परिरहेको हुन्छ
जसले गर्दा यस्तो संस्था भयो भने साथ र सहयोग प्राप्त गर्ने स्थान बिद्यार्थीहरुले
प्राप्त गर्दछन्।
_____________________________________________________________________________________________
३) यस प्रकारको संस्था वा
मञ्चको धेरै नै आवश्यकता छ । किनभने यदि त्यस्तो संस्थाको स्थापना भयो भने
भोलिका दिनहरुमा हामी विद्यार्थीहरुलाई कुनै समस्या पर्यो भने तत्काल
सहयोग गर्न सकिन्छ र एक आपसमा चिनजान र मित्रतामा पनि सहयोग पुर्याउछ ।
___________________________________________________________________________________________
-
बिकेश गोपाली /थाहा न.पा. ७, कक्षा १२, गोल्डेन गेट इन्टरनेसनल कलेज काठमाडौ
४) सहर भित्र छरिएर आफ्नो , परिवारको, जन्मथलोको अनि राष्ट्रको
सुन्दर सपना बोकि हिडिरहेका बिद्यार्थीहरुलाई एकीकृत गरि भाइचारा कायम गरि राख्न
सक्ने खालको यस्तो संस्थाको यहाँ निक्कै आवश्यकता देखिन्छ । जसले गर्दा हामिले
हाम्रो जन्मभूमिमा रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार अनि लोप
हुन लागेका धर्म, संस्कृति अनि भाषाहरुको
प्रचारप्रसार अनि सम्बर्द्धन यस संस्थाको मद्दतले सबै एकीकृत
भै गर्न सकिन्छ ।
_____________________________________________________________________________________________
-आरती ढकाल थाहा न.पा. ३ कक्षा १२ क्यारावियन कलेज काठमाडौ
५) यस प्रकारको संस्था वा मञ्चको निक्कै आवश्यकता छ । किनभने यदि त्यस्तो संस्थाको स्थापना भयो भने भोलिका दिनहरुमा हामी विद्यार्थीहरुलाई कुनै समस्या पर्यो भने सहयोग गर्न सकिन्छ । एकता नै बल भनेझै यसले सहर भित्र विभिन्न ठाउँमा छरिएर बसिरहेका बिद्यार्थीहरुमा एकता गराउछ ।
_____________________________________________________________________________________________
- मेलिना गोपाली थाहा न.पा. १४ कक्षा १२ डि. ए . भि. कलेज काठमाडौ
६) यस्तो संस्था वा मञ्चको
निक्कै आवश्यकता छ। यदि यस्तो संस्था भयो भने एक्कै ठाउँका बिद्यार्थीहरु सहरमा आएर पनि एकीकृत हुन्छन् । त्यसैगरी बिद्यार्थीहरु बिच चिनजान, अनि दु:ख सुखको आदानप्रदान गर्ने ठाउँ पाइन्छ । अनि नजिकका
साथिभाइहरु कहिलेकाही एकै ठाउँमा संस्था मार्फत भेटघाट हुँदा छुट्टै खुशी र आनन्द प्राप्त हुन्छ र एक अर्कालाइ सहयाेग गर्ने बानीकाे विकास हुन्छ ।
_____________________________________________________________________________________________
- रामध्वज कार्की 'प्रवेश ' थाहा न.पा.६ कक्षा १२ ज्ञानकुञ्ज कलेज काठमाडौ
७) यस प्रकारको संस्था वा
मञ्चको निक्कै आवश्यकता छ । खासगरी आफ्नो उज्ज्वल भविष्यको सपना बोकि भर्खरै सहरमा
नयाँ प्रवेश गरेका
बिद्यार्थीहरुलाई सहरमा घुलमिल गर्न निक्कै गाह्रो हुन्छ । यदि यस्तो अवस्थामा उनिहरुले यस्ता आफ्नै भलाइका लागि खुलेका
संस्था वा मञ्चको साथ पाए भने उनिहरुलाई चिनजान र घुलमिल हुन सजिलो हुन्छ । यसैगरी
संस्थालाई अलि दरिलो बनाउदै लैजान सकियो भने सरकारी तथा गैरसरकारी संस्थासंग यस
संस्थाले सहकार्य गरि आफ्नो जन्मथलो थाहा नगरमा बिकासका परियोजनाहरु भित्र्याउन
सकिन्छ । 


