आग्रामा निशुल्क स्वास्थ्य शिविर

नारी दिवसको अवसरमा टियरफण्डको सहयोगमा बाल कल्याण समाज मकवानपुरले मकवानपुरको आग्रामा महिला तथा बालबालिका लक्षित निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्थानीय कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको एक दिने शिविरमा यौन तथा प्रजनन् स्वास्थ्य, महिलाको पाठेघर सम्बन्धि, अत्यधिक रक्तश्राव, महिनावारी बिग्रेको, सेतोपानी बग्ने, महिनावारी रोकिएको, पूर्व प्रसुती सेवा, तल्लो पेट दुख्ने समस्या भएको पाइएको छ । शिविरमा आएकी आग्रा ८ की जानुका कार्कीले महिनावारी समस्या परेकाले काठमाडौं जाने योजना बनाइरहँदा घरदैलोमै निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिन पाउँदा खुसी लागेको बताइन् । 

आफ्नै ठाउँमा आयोजना भएको स्वास्थ्य शिविरले आफ्नो पैसा र समयको सदुपयोग भएको उनले बताइन् । शिविरमा बालकल्याण समाजका केन्द्रिय अध्यक्ष किरणदत्त तिवारी, आग्रा गाविसका सहायक सचिव चन्द्रबहादुर थिङ्, टियरफन्डका प्रतिनिधी कृष्टिना निशा, हिमाल अस्पतालका डाक्टर अस्मिता अधिकारी, बिधाता शाह ठकुरी, कञ्चन खत्री, बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा, वीरबहादुर थापा, रिया रिजाल, कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक शान्ति वाइवा, बाल कल्याण समाजका बालकुमारी मगर, रिसर्च अफिसर उमा कार्की, बालकेन्द्रका विल्पमान शाक्य, मनिषा श्रेष्ठ, महिला स्वयम् सेविका सुमित्रा सापकोटा, आग्रा गाउँ बाल संरक्षण समिती सदस्य चेतनाथ घलानको उपस्थिती थियो । शिविरबाट १ सय २० जना लाभान्वित भएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।


All news in One Place