बुद्ध उच्च माविद्वारा उपाधिमा ह्याट्रिक
धर्मेन्द्र दाहाल।
हेटौँडा/विद्यालय स्तरको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता मकवानपुर जिल्ला स्तरीय ‘राष्ट्रपति रनिङशिल्ड २०७२ को उपाधिमा बुद्ध उच्च मावि छतिवन ले ह्याट्रिक गरेको छ । यो सँगै उसले रनिङ शिल्डलाई पनि फिर्ता नहुने गरि आफ्नो बनाएको छ । प्रतियोगितामा लगातार तिन पटक उपाधि जित्नेले शिल्डलाई अब आगामी अर्को प्रतियोगितामा फिर्ता गर्नु नपर्ने प्राबधान रहेको छ ।
यो वर्ष ‘शिल्ड पच’ गर्ने लक्ष्य सहित आएको बुद्धले आफ्नो लक्ष्यलाई पुरा गर्दै विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा लगातार ३ पटक शिल्ड जित्ने रेकर्डमा आफ्नो नाम पनि दर्ज गरेको छ । यसअघि छतिवनै महेन्द्र उच्च माविले पनि लगातार ३ पटक शिल्ड जितेको थियो । हेटौँडाको भुटनेदेबी उच्चमाविको खेलमैदानमा भएको प्रतियोगितामा कुल ३० स्वर्ण पदक मध्य ७ स्वर्णपदक सहित १ सय ८० अंक सहित बुद्ध उच्च माविले प्रथम स्थान हाँसील गर्दै ६ स्वर्ण सहित कुल १ सय ४७ अंक ल्याएर छतिवनकै जनक मावि द्वितिय तथा २ स्वर्ण सहित १ सय ४४ अंक ल्याएर छतिवनकै महेन्द्र उच्च मावि तृतिय भएको छ । खेलमा प्रथम, द्वितिय तथा तृतिय हुनेले क्रमश १५ अजार, १२ हजार तथा ९ हजार प्रदान गरिएको छ ।
यो वर्षबाट समावेश गरिएको कबड्डी प्रतियोगितामा भने छात्र तर्फ जनक मावि छतिवले प्रथम स्थान हाँसील गर्दा छात्रा तर्फ ज्ञानदा मावी हेटौँडाले गोल्ड मेडल हाँसील गरेका छन् । तीनदिनसम्म सञ्चालन भएको हुने प्रतियोगिताको अन्तिम राउण्डमा पदकका लागि ५८ विद्यालयका करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भलिवल तर्फ भने छात्र तर्फ बज्रबारही उच्च मावि प्रथम बन्दा छात्रा तर्फ महेन्द्र उच्च मावि छतिवन विजयी भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथी जिल्ला विकास समिती मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले पुरस्कृत गरेका थिए ।