बिबाह दर्तासम्बन्धी अभिमुखिकरण



मनहरी-मकवानपुरका ६ गाविससहित हेटौंडा उपमहानगरपालिकाका महिलाहरुका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । महिला उत्थान तथा सीप बिकास केन्द्रको आयोजना तथा महिला तथा बालबालिका मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम आयोजना भएको हो । मनहरीमा आयोजित कार्यक्रममा कालिकाटारसरिखेतराक्सीराङकाँकडाहाडिखोलामनहरी र हेटौंडा उपमहानगरपालिका अन्तर्गत बसामाडीका महिलाहरुको सहभागिता थियो । सबै स्थानका महिलाहरु गरि कार्यक्रमबाट १४० जना महिलाको सहभागिता रहेको आयोजक संस्था महिला उत्थान तथा सीप बिकास केन्द्रले जनाएको छ । 

सचेतनामुलक कार्यक्रमको उदघाटन समारोहमा महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष रीना राइको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा महेन्द्रकिरण उमाविका प्राचार्य राधेलाल मण्डलअध्यक्ष कमला मैनालीसंचारकर्मी शिवकुमार काशी लगायतले बिबाहदर्ता सम्बन्धी मन्तब्य ब्यक्त गरेका थिए । अभिमुखिकरण कार्यक्रमको सहजीकरण अधिबक्ता मुकुन्द अधिकारीमनहरी गाविस कार्यालयका ठाकुरकुमार बर्तौला लगायतले गरेका   थिए ।

All news in One Place