चौथो दिन ९ हजारद्वारा अबलोकन

हेटौँडा/मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको चौथो दिन आज आईतबार करिब ९ हजार पाँचसयले मेलाको अवलोकन गरेका छन् ।   चौथोेदिन करिब १३ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए ।

आईतबार हास्यकलाकारद्वय केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकहरुलाई हास्यव्यङ्ग्यमार्फत मनोरञ्जन दिएका थिए । चर्चित लोकगायिका माण्डवी त्रिपाठी, ¥यापर गिरिश खतिवडा, गायक राज सिग्देलले दर्शकहरुलाई रमाइला गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए ।

त्यसैगरी स्थानीय कलाकारहरु सुस्मिता परियारको नृत्य, अस्मिता उप्रतीको गायन, फिउजन डान्स सेन्टर र कलिउड डान्स सेन्टरका कलाकारहरुले दुई÷दुईवटा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै तलेजु डान्स सेन्टरकी प्रेमा लोप्चनको नृत्यमा दर्शकहरु मनोरञ्जनमा झुमिरहेका देखिन्थे भने श्रृजना कलाकेन्द्रले दुईवटा नृत्य प्रस्तुत गरेको मनोरञ्जन संयोजक उज्ज्वल चौलागाईले बताए । मेलामा चुरेहिल अस्पताल प्रालिले १५५ जनाको स्वास्थ्य परिक्षण गरेको छ । परिक्षणमा १ सयजनाको ब्लडप्रेसर, डा. दिव्या शर्माबाट नाक कान घाँटीको परिक्षण ५० जनाको गरिएको थियो भने अन्य चोटपटकको ५ जनालाई औषधीउपचार गरिएको चुरेहिल अस्पतालले जनाएको छ ।

त्यस्तै हेटौंडा अस्पतालले पनि ११ जनाको प्राथमिक उपचार, ३९ जनाको ब्लडप्रेसर र १८ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव विमला केसीले बताउनुभयो । युनियन ड्रग हाउसले साधारण चेकअप ३५ जना, औषधी वितरण २३ जना र ब्लप्रेसर चेकजाँच ३३ जनाको गरिएको युनियन ड्रग हाउसका रवि कार्कीले बताए । जिल्ला रेडक्रसले पनि १० जनालाई प्राथमिक उपचार गरिएको बताइएको छ । त्यस्तै जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए ।

त्यसैगरी हेलिकप्टरमा आइतबार २३ जनाले घुमेर मनोरञ्जन लिएको हेलिकप्टर संयोजक उज्ज्वल चौलागाईले बताए। चौलागाईकाअनुसार हेलिकप्टरले ६ जनालाई आ–आफ्नो घरसम्म पु¥याएर छाडेको बताएका छन् । मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला  ३० गतेसम्म चल्नेछ ।

याे पनि हेर्नुहाेस (लिंकमा क्लिक गर्नुहाेस)

हेटौंडा आइडलमा १५ जना छनोट



All news in One Place