विदेशी स्वयंसेवकको जनकल्याणमा स्वागत
मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्यण उच्च माविमा भव्यताको साथ विदेशी स्वयंसेवकहरुको स्वागत गरिएको छ । च्वाइस नेपालसंगको साँझेदारीमा जनकल्यण उच्च माविमा पाँच देशका स्वयंसेवकहरु आएका हुन् । कार्यक्रममा चीन, अमेरिका, जापान र कोरियाका स्वयंसेवकहरु आएका थिए । स्वयंसेवकहरुलाई जनकल्यण उच्च मावि भन्दा एक किलो मीटर अघिबाटै फुलगुच्छा र माला सहित अतिथीहरुलाई विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीहरु, शिक्षक, विभिन्न संघसंस्थाका पदाअधिकारीहरु लगायतले स्वागत गरेका थिए ।
कर्यक्रममा च्वाइस नेपालका केन्द्रीय निर्देशक विष्णु अधिकारीले जनकल्यण उच्च माविमा भूकम्पले पु¥याएको क्षतिबाट आफू मर्माहत भएको बताए । उनले जनकल्यणको शैक्षिक सहयोगका लागि आफ्नो प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरे । जनकल्यणको बन्दै गरेको भवन यथासक्य छिटो निर्माण सम्पन्नको कामना गर्दै त्यसपछिको शैक्षिक सहयोगका लागि पनि च्वाइस नेपाल तयार रहेको जानकारी दिए । कार्यक्रममा च्वाइस नेपालका पूर्वाधार विकास निर्देशक प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपाने, कार्यक्रम संयोजक, चन्द्र अधिकारी, फिल्ड संयोजक पूर्ण जिसी तथा रामेश्वर अधिकारी, गोविन्द दाहाल, निर्मल केसी, बिमल घिमिरे, हरि अधिकारी, शोभा अधिकारी तथा चित्रा दुरको पनि उपस्थिती रहेको थियो ।
स्वागत कार्यक्रमको अवसरमा जनकल्यण उच्च माविमा विद्यार्थी तथा अभिभावकहरुले परम्परागत नेवारी धिमे नाच तथा साँस्कृतिक कार्यक्रम देखाएका थिए । जनकल्यण उच्च माविमा २३ फागुन दिउँसो अतिथिहरुका लागि वृहत्त साँस्कृतिक कार्यक्रम गर्ने र २४ फागुनमा स्वयंसेवकहरुले विद्यालय परिसरमा वृक्षारोपन तथा ५० सेट फर्निचर हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्राचार्य कार्कीले जानकारी दिए । सबै कार्यक्रममा उपस्थितीको लागि संघसंस्था तथा शिक्षा प्रेमीहरुलाई विद्यालयले निमन्त्रणा गरेको छ ।
विद्यालयमा विदेशी स्वयंसेवक आउने भनेपछि विद्यालयले अघिल्लो दिनबाटै स्वागतका लागि तयारीमा जुटेको थियो । विद्यालयमा स्वागतद्वार निर्माण, कक्षाका क्याप्टेनहरुमा कार्य विभाजन तथा अभिभावकहरुलाई जानकारी गराउने काम अघिल्लोदिन नै सकेको थियो । २२ फागुन अपरान्ह दुईवटा बसमा आएका अतिथी गोपालीगाउँबाट झर्ने बित्तिकै विद्यार्थीहरु तमतयार भएर बसे । विद्यार्थी, अभिभावक, शिक्षक विभिन्न संघसंस्थाका प्रतिनीधिहरु ख्ैटेखोला पुलसम्मै लाम लागेका थिए । विद्यार्थीहरु पनि ताती लागेर स्वागतका लागि उभिए । अग्ला कद र फराकिला मन भएका विदेशीको स्वागत गर्न अध्यक्ष राजीव कुमार स्याङ्तान, प्राचार्य सानोभाइ कार्की, व्यवस्थापन समितिका सदस्य युगशेर विष्ट, दिनेश विष्ट लगायत शिक्षकहरु अग्रपंक्तीमा थिए ।
अतिथीहरुलाई ताँती लागेर बसेका विद्यार्थी, अभिभावक र संघसंस्थाका प्रतिनीधिहरुले स्वागत गरेर धिमे बाजाको तालमा विद्यालय भित्र्याए । स्वागतका क्रममा विद्यार्थी र अभिभावकले बजाएको धिमे र बाँसुरी बजाउँदा अतिथीहरु भ्ने कुम हल्लाइ हल्लाई विद्यालयतिर लम्की रहेका थिए । करिब १५ मिनेटको बाजागाजा सहितको स्वागतपछि विद्यालय भित्रिएका अतिथीहरुलाई औपचारिक कार्यक्रममा स्वागत पाउँदा अतिथीहरु भ्mन गद्गद भएको देखिन्थ्यो । विद्यालयका शिक्षक मोहनसिंह वाइवाले अंग्रेजी भाषमै कार्यक्रम संचालन गर्दा अतिथिहरुलाई झन बुझ्न सजिलो भएको थियो । उनीहरु स्वागत तथा माला लगाउने कार्यक्रममा गद्गद् भएका देखिन्थे । उनीहरु शिक्षक र विद्यार्थीसंग फोटो खिच्नमा पनि व्यस्थ देखिन्थे । औपचारिक कार्यक्रमकै क्रममा धिमे बाजामा विद्यार्थीहरुले नृत्य गरिरहँदा विदेशी पनि जुरुक जुरुक भएका थिए । शिक्षक राजाराम कार्कीले गरेको अनुरोध विदेशी अतिथीहरुले सहजै स्वीकारि हाले । उनीहरु पनि मञ्चमै विद्यार्थीहरुसंग धिमे बाजामा छमछमी नाचे । च्वाइस नेपालका केन्द्रीय निर्देशक विष्णु अधिकारी हौसिदै बालबालिकाको कलाको प्रशंसा पनि गरे । कार्यक्रमपछि स्वयंसेवकहरुले जनकल्यणको लागि सक्दो सहयोग गर्ने वाचा गरे ।
भिडियाे