हाडिखाेलामा दलित मुक्ति भेला सम्पन्न

हेटौडा । एनेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा हाँडीखोला गाउँ स्तरीय भेला सम्पन्न भएको छ । दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा अधिवक्ता रामकृष्ण देउलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनेकपा(माओवादी) जिल्ला सदस्य तथा मोर्चाका केन्द्रीय सदस्य जंगबहादुर विश्वकर्माले दलित आन्दोलन र नयाँ संविधानबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मोर्चाका क्षेत्रीय संयोजक सुर्य विश्वकर्माको उपस्थिति रहेको थियो । भेलाले चतुर कुमार सुनारको अध्यक्षतामा १५ सदस्य समिति गठन गरेको छ ।

All news in One Place