८ सय ५१ बिगाहा ३ कट्ठामा लगाइएको गाँजा नष्ट गरियो
मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा ८ सय ५१ बिगाहा ३ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले ६४ बिगाहा १९ कट्ठामा लगाइएको अफिमको ब्याड पनि नष्ट गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । यतिका कामका लागि २ सय ८५ प्रहरी जनशक्ती खटिएको प्रहरीको सो प्रतिवेदनमा उल्लेख छ ।

तेस्रो चरणमा सप्र गण नं.३ रातोमाटे हेटौंडाबाट प्रनि मिलन बस्नेत र इप्रका मनहरीबाट प्रनि मनोजित कँुवरको कमाण्डमा खटिएको ५१ जनाको संयुक्त प्रहरी टोलीले भार्ता–२ देखि ८ सम्म, राक्सिराङ–२, ४, ५, ६, ८ र ९ तथा सरिखेत–१ देखि ९ सम्म २ सय ७४ बिगाहा गाँजा र ५० बिगाहा ५ का अफिमको ब्याड, चौथो चरणमा इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रनानि राकेशप्रसाद भेडियारको कमाण्डमा २३ जनाको प्रहरी टोलीले छतिवन–९ मा ५ बिगाहा १० का गाँजा र १५ का अफिमको ब्याड, पाँचौ चरणमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रनि बीरेन्द्रकुमार पनेरुको कमाण्डमा खटिएको १७ जनाको प्रहरी टोलीले डाँडाखर्क–४, ६, ७ र ९ तथा गोगने–६ मा १० बिगाहा १९ का गाँजा र ४ का अफिमको ब्याड नष्ट गरेको थियो ।
छैटौं चरणमा सप्र गण नं. ३ रातोमाटे हेटौंडाबाट प्रनि भिषणबाबु राईको कमाण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी ठूलोदमार र अस्थायी प्रहरी पोष्ट हटियाका ५० जनाको संयुक्त प्रहरी टोलीले हेटौंडा–१९ मा ३८ बिगाहा १४ का गाँजा तथा सातौं चरणमा सप्र गण नं.३ रातोमाटेबाट प्रनि नवराज ढुंगेलको कमाण्डमा इप्रका मनहरी समेतको ४२ जनाको संयुक्त प्रहरी टोलीले खैराङ–१ देखि ९ सम्म र काँकडा–९ मा १ सय १५ बिगाहा गाँजा र १३ बिगाहा अफिमको ब्याड फँडानी गरी नष्ट गरेको थियो । चालु आवमा लागू औषध खेती गर्ने ११ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ ।