भीमफेदीमा १९ साउनबाट अनुदान सम्झौता

मकवानपुरको भीमफेदी गाविसका भूकम्प्पीडितहरुको घरबास पुनः निर्माणको लागि १९ साउनबाट अनुदान सम्झौता शुरु हुने भएको छ । २०७२ बैशाख १२ र २९ ले भत्काएका भवनको पुनःनिर्माण हुने भएको हो । भीमफेदी गाविसस्तरीय विपद व्यवस्थापन समिति, वडा नागरीक मञ्च, स्थानीय राजनैतिक दल संयन्त्र, प्रावधिक टोली तथा स्थानिय प्रशासन बिच भएको बैठकले यस्तो निर्णय गरेको हो । अनुदान सम्झौता तीन चरणमा पुरा गर्ने भीमफेदी गाविसको लक्ष्य छ । 

पहिलो चरणमा तथ्याङ्क बिभागको भुकम्प क्षति बिबरणमा प्रकाशित नामाबलीसंग प्राप्त रातो कार्ड वा बिबरणमा उल्लेखित नाम, बतन सहितको नागरीकता र जग्गाधनी पुर्जा एउटै ब्यक्ती भएकालाई पहिला स्थानमा संम्झौता गर्ने छ । अनुदान सम्झौताको लागि २०७३ श्रावण १९ देखि २०७३ भाद्र ७ गते सम्मको कार्यतालीका सार्वजनिक गरिएको छ । दोश्रो चरणमा तथ्याङ्क बिभागको भुकम्प क्षति बिबरणमा प्रकाशित नामाबलीसंग प्राप्त रातो कार्ड वा बिबरणमा उल्लेखित नाम, वतन नागरीकताएकै भएको तर जग्गाधनी पुर्जा फरक भएको वा निज रातो कार्ड भएको ब्यक्तीको आफन्त नातेदार भएको भए सो को नाता प्रमाण्ीत वा सप्रमाण बुझउनु पर्ने व्यक्तिहरुसंग अनुदान सम्झौता हुने भएको छ । यसका लागि आबश्यक सुचना पछि प्रकाशित हुने गाविसले जनाएको छ ।
तेश्रो चरणमा तथ्याङ्क बिभागको भुकम्प क्षति बिबरणमा प्रकाशित नामाबलीसंग प्राप्त रातो कार्ड वा बिबरणमा उल्लेखित नाम, बतन, नागरकिता रहेका तर जग्गाधनि पुर्जा नभएको, अन्य ब्यक्तीको घरमा आश्रयलिई बसेको तथा निस्सा प्रमाण नखुलेकाको हकमा तेश्रो चरणमा आबशयक प्रकृया सम्पन्न गरी संम्झौता गर्ने गाविसले जनाएको छ । 
-सुरेन्द्र राज थिंके/भीमफेदी
तालीकाः

All news in One Place