मनाेरञ्जन
»
थाहा कला केन्द्रले वार्षिकोत्सव मनायो
थाहा कला केन्द्रले वार्षिकोत्सव मनायो

‘कला सँस्कृति देशको पहिचान यस्को संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ स्थानिय कलालाई उजागर गर्ने उद्धेश्यले मकवानपुरमा थाहा कला केन्द्रको स्थापना भएको एक वर्ष पुरा भइ दोस्रो वर्षमा प्रवेश गरेको छ । आइतबार केन्द्रले केक काटेर साँस्कृतिक कार्यक्रम गरेर उत्सवको रुपमा आफ्नो स्थापना दिवस मनाइएको छ ।
स्थानिय कलालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पु¥याउने लक्ष्य साथ अघि बढेको यस कला केन्द्रले हालसालै मकवानपुर आइडल सम्पन्न गरिसकेको छ ।